रामकुमारको घुर्यानको मुला (भिडियो)
screennepal
प्रकाशित: २०७६, १० फाल्गुन शनिबार
no img

नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदो नाम हो, रामकुमार नेपाली । इमेज लोककलाकार सिजन–२ का बिजेता बनेका उनी नेपाल लोकस्टारको उत्कृष्ट चारसम्म पुगेका थिए । उनै रामकुमार नेपालीको स्वर, शब्द र संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
गीतमा रामकुमार आफैं मोडलको रुपमा पनि देखिएका छन् । गीतमा उनीसँगै कृति केसी, सञ्जीव ठकुरी र स्मृति बस्नेतले भिडियोमा अभिनय गरेका छन् । घुर्यानको मुलाको बोलको गीतको भिडियो दुर्गा पौडेलको निर्देशनमा तयार भएको हो । गीतमा सन्जीव ठकुरीको कोरियोग्राफी छ ।

Comments