‘चासोक तङ्नाम’मा यी कलाकारले तताउँदै भद्रपुर
screennepal
प्रकाशित: २०७६, १३ मंसिर शुक्रबार
no img

लिम्बू समुदायको महान पर्व ‘चासोक तङुनाम’को अवसरमा झापाको भद्रपुरमा ‘चासोक तङ्नाम साँस्कृतिक पर्व मेला–२०७६’ आयोजना हुने भएको छ । २६ मंसिरदेखि २ पुससम्म आयोजना हुने उक्त साँस्कृतिक मेलाको अवधिभर प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
भद्रपुर नगरपालिका–३ स्थित श्रीजंगा स्पोर्ट खेल मैदान हुने साँस्कृतिक मेलामा चर्चित गायिका तृष्णा गुरुङ, ¥यापर भिटेन, गायिका सीता सिंगक, मनिष लिम्बू, माङ्गेना लिम्बुलगायतका दजैनौँ कलाकारले आफ्नो प्रस्तुती दिने मेलाको साँस्कृतिक संयोजक तथा गायक संगीत आङ्खेवाले बताए । उनका अनुसार मेलामा लिम्बू धान नाच, केःलाङलगायतका लिम्बू संस्कृति तथा रहन–सहन झल्काउँने साँस्कृतिक कार्यक्रमहरु समेत हुनेछ ।
भद्रपुर नगरपालिका वडा नं ३ र ४ को युवा समुहको संयुक्त आयोजना हुन लागेको मेलामा विभिन्न मनोरञ्जनात्मक खेल, तथा स्टलहरु समेत राखिने छ । सांस्कृतिक मेलाको अध्यक्ष सुबास इदिङ्गो रहेका छन् । उनका अनुसार उक्त मेला अवधिमा चासोक तङ्नाम झल्काउँने विभिन्न गीतको भिडियो छायाँकन गरिने कार्यक्रम रहेको छ । मेलाको तयारी धमामध भइरहेको आयोजकले जनाएको छ ।

Comments