म्यूजिक खबर म्यूजिक अवार्ड-२०७६ : उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र
screennepal
प्रकाशित: २०७६, ११ मंसिर बुधबार
no img

आठौँ ‘म्यूजिक खबर म्यूजिक अवार्ड– २०७६’का उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई बुधबार एक समारोहबीच प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया शोलुसन प्रालिको आयोजनामा भएको प्रभु पे म्यूजिक खबर अवार्डमा गीतसंगीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई प्रमाणपत्र प्रदान गरिएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मनोनयन प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइराला, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, त्रिभुवन विश्वविद्यालय ललितकला विभागको प्रमुख वरिष्ठ गायिका संगीतका राना प्रधान, प्रभु पेको तर्फबाट नारायण ढकाल, म्यूजिक खबरका सल्लाहकार लेखक निर्देशक मोहन निरौला, संगीतकर्मी एवं व्यवसायी पृथ्वी थकाली, संगीतकर्मी आरसी कोइराला, संगीतकर्मी एवं व्यवसायी उज्ज्वलजंग ठकुरी, अभिनेता विनोद श्रेष्ठ, आइआइएफटी स्कुल अफ फेसनका तेन्जिङ शेर्पा लगायतको उपस्थिति थियो ।
अवार्ड यही २० मंसिरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा एक समारोहबीच प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले बताए ।

Comments