‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक
screennepal
प्रकाशित: २०७६, १६ भाद्र सोमबार
no img

नेपाली फिल्म ‘लभ यु हमेशा’को ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत सोमबार सार्वजनिक गरिएको छ । २२ कार्तिकमा नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १)मा भारतमा प्रदर्शन हुने भनिएको यस फिल्मको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योञ्जन फिचर छन् ।
फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् ।
धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।
शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ । रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने फिल्ममा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ ।

Comments