मीनाले नचाइन्, गौरीलाई सम्मान
screennepal
प्रकाशित: २०७६, ५ भाद्र बिहीबार
no img

चलचित्र कन्यादानमा ‘तीजको रहर आयो बरी लै’ गीतमा अभिनय गरेर तीज पर्वलाई अझ संगीतमय तुल्याउनुका साथै नेपाली चलचित्र क्षेत्रमा तीन दशकदेखि निरन्तर योगदान दिएको भन्दै अभिनेत्री गौरी मल्ललाई सम्मान गरिएको छ ।
नेचर इसेन्स र कलर इसेन्स कस्मेटिक कम्पनीले काठमाडौंमा आयोजना गरेको तीज उत्सव–२०७६ समारोहमा अभिनेत्री गौरी मल्ललाई नेचर इसेन्स र कलर इसेन्स चलचित्र योगदान विशेष सम्मान–२०७६ बाट सम्मान गरिएको हो ।
यस्तै, ‘सिमसिमे पानीमा’सहित सैयौँ गीत गाउनुका साथै आफ्ना तीज गीतमार्फत यो तीज पर्वलाई लोकप्रिय बनाएको भन्दै गायिका रेखा शाहलाई सोही कार्यक्रममा नेचर इसेन्स र कलर इसेन्स गायन योगदान विशेष सम्मानबाट सम्मानित गरिएको छ ।
नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले सो समारोहमा नायिका गौरी मल्ल, गायिका रेशा शाहसहित दुई व्युटिसियनलाई आयोजकका तर्फबाट सम्मानित गरिएका छ ।
दुई दशकभन्दा लामो समयदेखि ब्युटी क्षेत्रमा लागेर हजारौंलाई योगदान दिएको भन्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष शुलोचन श्रेष्ठ र आईटिसी (स्कुल अफ ब्युटिसियन)की अध्यक्ष रस्का बैध श्रेष्ठलाई नेचर इसेन्स र कलर इसेन्स ब्युटिसियन योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरिएको हो ।
सोही समारोहमा ब्युटिसियनहरु शान्ति श्रेष्ठ, पुनम शाह, मिरा बस्नेत, अमृता विश्वकर्मा र गीता गुरुङलाई वर्षको उत्कृष्ट व्युटिसियन अवार्ड, सुमन गौतम, हरि भेटवाल र अजय मानपतिलाई वर्ष उत्कृष्ट नेचर इसेन्स, कलर इसेन्ट वितरक अवार्ड तथा सुदर्शन केसी, बिदुर आचार्य र सागर जिसी वर्षको उत्कृष्ट बिक्रेता अवार्ड प्रदान गरियो ।
सो समारोहमा करिब पाँच सय व्युटिसियनहरुले हाँस्य कलाकारहरु पल्पसा डंगोल (चम्सुरी), दमन रुपाखेती र दिनेश काफ्लेले विभिन्न प्रहसनमार्फत मनोरञ्जन दिएका थिए ।
गायिका मिना निरौलाले ठमले बजार, काले दाई, रुपै मोहनीसहित आफ्ना आधा दर्जन गीत सुनाइन् । उनको गीतमा पटक–पटक वान्स मोर भन्दै दर्शक नचाइन् । मिसेस नेपाल ग्रान्ड–२०१९ की बिजेता सिर्जना श्रेष्ठ, व्युटिसियन शान्ता मगरसहितको नृत्य पनि आकर्षक थियो ।
महिलाहरु शुभकामना आदन प्रदानका लागि तीज उत्सव आयोजना गरिएको कलर इसेन्सका कन्ट्रि निर्देशक रमेश उप्रेतीले बताए । यो कार्यक्रम एमएमके इन्टरप्राईजेजका सञ्चालक विश्व केसीको सभापतित्वमा सम्पन्न भएको हो ।

Comments