यस्तो छ प्रभास अभिनीत ‘साहो’को ट्रेलर
screennepal
प्रकाशित: २०७६, २८ श्रावण मंगलवार
no img

बलिउड फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ । केही दिन सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको दुई मूख्य कलाकार प्रभास र श्रद्धा कपुरको प्रेम र दुस्मनी एकसाथ देख्न सकिन्छ ।
प्रभास यसअघि फिल्म ‘बाहुबली’बाट चर्चामा आएका हुन् । त्यसपछि हिन्दी, तमिल र तेलेगु भाषामा एकसाथ रिलिज हुने फिल्म ‘बाहुबली’ सिरिजपछिको प्रभासको पहिलो हिन्दी यो फिल्म भएका कारण पनि प्रतीक्षारत बनेको छ ।
यो पिल्मको ८ मिनेट लामो एक्सन सिनका लागि मात्र करिब ७० करोड भारू खर्च गरिएको भनिएको छ । यो फिल्म करिब ३ सय करोड भारूमा तयार भएको बताइन्छ । फिल्म पुर्ण एक्शनप्रधान रहेको बताइएको छ । यो फिल्म आउँदो ३० अगष्टमा रिलिज हुँदैछ ।

Comments