प्रितमले ‘तडप-तडप’ गाएपछि…! (सारेगमप अनुभव)
screennepal
प्रकाशित: २०७६, १२ श्रावण आईतवार
no img


भारतीय चर्चित गायन रियालिटी हो ‘सारेगमप लिटिल च्याम्स’मा सेकेण्ड रनरअप भएपछि बालगायक प्रितम आर्चायको चर्चा झनै चुलिएको छ । उनी अझै चर्चामा आउन चाहन्छन् ।
‘म आफ्नो लेभललाई घट्न कदापी दिन्नँ’ सारेगमपमा सहभागिता जनाउँदाको अनुभवलाई सुनाउँदै प्रितमले भने, ‘यहाँहरुको माया र हौसलाले मलाई अगाडि बढ्ने थप प्रेरणा मिलेको छ ।’
‘सारेगमप’मा जानुअघि नै गीतकार दर्पण राईको चर्चित गीत ‘यो मुटु दुख्छ किन’को बालभर्सन गाएर चर्चामा आएका यी बाल प्रतिभाले भने, ‘मेरो नाम सेकेण्ड रनरअपमा घोषणा हुँदा खुसीले म फुरुंग भएँ । एकछिन त आफैलाई विश्वास समेत लागेको थिए ।’ अनलाइन टिभी ‘स्क्रीन टिभी’सँग कुरा गर्दै प्रितमले भने, ‘वास्तवमै म आफूलाई भाग्यमानी ठान्छु, किनकी सारेगमपमा हामी नेपालबाट ११ जना दिल्ली गएका थियौँ, त्यसमा म र आयुष मात्र मुम्बई जानका लागि छनोट भएका थियौँ र उपाधि पनि जित्न सफल भयौँ ।’ हुन त त्यसअघि नै नेपालमा ‘सरसाला आइडल’ पनि उनले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका थिए ।
प्रितमले अडिसनमा हिन्दी फिल्मको ‘सन्देसे आते है’ गीत गाएका थिए । उक्त गीतबाटै उनी जर्जहरुको नजरमा परेका थिए । त्यसपछि उनले गाएका हरेक गीतमार्फत उनी जर्जको रोजाइमा पर्दै गए । जब ‘तडप–तडप’ जस्ता चर्चित गीत प्रस्तुत गरे, तब प्रितम जर्जहरुको रोजाइमात्र नभएर प्यारो बन्न पुगे । उनले भने, ‘तडप तडप गीत गाएपछि जर्जहरुले भने, यति सानैमा यस्तो राम्रो गायौँ, तिम्रो गायनमा उज्जल भविष्य छ’ भने । त्यसपछि मलाई थप हौसला र प्रेरणा मिल्यो ।’
आफ्नो बाबुले भनेको कुरा स्मरण गर्दै उनले भने, ‘म सानैदेखि गाउन भनेपछि हुरुक्कै हुन्थे रे । हो, मलाई याद भएयता गायनमा रुचि राख्दै आएको छु ।’
सेकेण्ड रनरअप भएपछि आफ्नो घर फर्कँदाको खुसीको क्षण उनी सँग अहिले पनि ताजै छ । उनी भन्छन्, ‘म घर इटहरी घर फर्कँदा यस्तो स्वागत गरे, त्यो क्षण म भूल्नै सक्दिनँ । उहाँहरुको माया र हौसलाई अझै ताजा बनाउन म निरन्तर संगीत तथा गायनमा रहनेछु ।’

Comments