छवि र शिल्पा विरूद्ध जेठी श्रीमती हेमाले हालिन् बहुविवाहको मुद्दा
screennepal
प्रकाशित: २०७६, ५ श्रावण आईतवार
no img

 छविराज ओझाविरूद्ध बहुविवाहको उजुरी परेको छ।

उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा ओझा विरूद्ध बहुविवाहको उजुरी हालेकी हुन्।

हेमाले उनिहरू बीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्।

पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।

शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि आफूले उनलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन्।

साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी दिएको उनले बताएकी छन्।

‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग म यो जाहेरी लिई उपस्थित भएकी छु,’ हेमाले भनेकी छन्।

उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।

नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिबाना हुनसक्छ।

Comments