सन्नी लियोनीले किन लिइन् २ करोड भारु ?
screennepal
प्रकाशित: २०७६, ३ असार मंगलवार
no img

बलिउडकी हट नायिका सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीतमा धमाकेदार आइटम डान्स गरेकी छिन् । उनले यो गीतको लागि भारु २ करोड लिएकी छिन, सन्नीले आइटम डान्स गरेका कारण यो गीतको भिडियो लामो समयदेखी प्रतिक्षामा रहेको थियो ।

भिडियोमा हट नायिका सन्नी लियोनी र नायक अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । यस चलचित्रमा नायक अनुप विक्रम शाहीले फरक खालको भूमिका निभाएका छन् ।

विक्रम जोशीको शब्दमा बनेको गीतमा अर्जुन पोखरेलले संगीत भरेको हुन् भने दुर्गा खरेलले समधुर स्वर दिएकी छन् । चलचित्रको मुख्य भूमिकामा अनुप विक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकार रहेका छन् ।

विष्णु देवाले कोरियोग्राफी गरेको भिडियोलाई अमर जीत सिंहले छायांकन गरेका हुन् । अमित बस्नेत र हिराल जोशीले संयुक्त निर्माण गरेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सन्नीको आइटम डान्सले गर्दा चलचित्रको व्यापार फस्टाउन सक्ने निर्देशक सम्राट बस्नेतले बताएका छन् । चलचित्र ‘पासवर्ड’ आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

Comments