आईआईएफटीको फेसन वर्कशप (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, २ पुष सोमबार
no img

काठमाडौं । पछिल्लो समय फेसन डिजाइनर इन्स्टिच्युहरुमा अग्रपंक्तीमा रहेको बागबजारस्थित इन्टरनेशलन इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ले एक विशेष किसिमको फेसन वर्कशपको आयोजना गरेको छ ।
युवापुस्ताप्रति बढ्दो फेसन डिजाइनिङ क्रेजलाई फलो गर्दै आएको यसे इन्स्टिच्युटले लेटेस्ट टेक्निकबारे एकदिने वर्कशपको आयोजना गरेको हो ।


‘द आर्ट अफ फेसन ड्रपिङ’ र ‘फेसन इलुट्रेशन’ शीर्षक दिएको उक्त वर्कशपमा इन्स्टिच्युटमा अध्ययनरत ७० जना फेसन डिजाइनिङका विद्यार्थीले सहभागिता जनाएका थिए । ती फेसन डिजाइनरका विद्यार्थीहरुलाई ग्लोबल एलएलसी युएसएकी सिईओ तथा चर्चित फेसन डिजाइनर बासना क्षेत्रीले प्राक्टिकली अभ्यास गराएकी थिइन् ।


आईआईएफटीका अनु्सार नेपालका फेसन इन्स्टिच्युटमा यस्तो किसिमको वर्कशप गरिएको यो पहिलोपटक हो । नौलो तरिकाको वर्कशपमा सहभागी हुन पाउँदा विद्यार्थी पनि खुसी भए ।


सोही अवसरमा आईआईएफटीका प्रमुख फेसन प्रशिक्षक राजु सुवालको निर्णायक मण्डलमा ‘स्केच कम्पिटिशन’समेत गरिएको थियो । सो कम्पिटिशनका बेञ्जु श्रेष्ठ प्रथम, प्रमिला उप्रेती दोस्रो र दिलमाया मगर तेस्रो भएका थिए । उनीहरुलाई नगद तथा विशेष अवार्डद्वारा सम्मान गरिएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले बताए ।

Comments