सिर्जना–पदम एक भए
screennepal
प्रकाशित: २०७५, १९ मंसिर बुधबार
no img

काठमाडौं । चर्चित रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बा लिम्बू र पदम लिम्बू बैवाहिक जीवनमा बाँधिएका छन् । केही वर्षयता अफेयर्समा रहेका सिर्जना र पदमबीच बुधबार मोरङ उर्लावारीमा लिम्बू संस्कारअनुसार बैवाहिक बन्धनमा बाँधिएका छन् । विवाहका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्जजनिक भएपछि सिर्जना र पदमबो विवाहको कुरा बाहिर आएको हो ।


करिब डेढ दशकयता रंगमञ्चको क्षेत्रमा क्रियाशील अभिनेत्री सिर्जनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । पछिल्लो समय अनामनगरस्थित मण्डला थियटरमा आवद्ध रहेर नेपाली रंगमञ्चमा सक्रिय रहँदै आएकी सिर्जनाले नेपालीलगायत दर्जनौँ लिम्बू भाषाको गीत तथा फिल्महरुमा अभिनय गरेकी छन् ।
नेपाली रंगमञ्च क्षेत्रकी एक कुसल अभिनेत्रीमध्येकी सिर्जना र पदमको भेट करिब दशकअघि नै भएको हो । तर, उनीहरु पछिल्लो समय नजिक भएका थिए । पदम चर्चित तथा बरिष्ठ फिल्म निर्देशक नविन सुब्बाको भाई हुन् । पदम पनि फिल्म क्षेत्रसँग आवद्ध छन् । स्क्रिन नेपालको तर्फबाट अभिनेत्री सिर्जना सुब्बा लिम्बू र पदम लिम्बूलाई सुखमय दाम्पत्य जीवनको हार्दिक शुभकामना ।

Comments