‘देशी गर्ल’ अब अमेरिकन बुहारी !
screennepal
प्रकाशित: २०७५, १६ मंसिर आईतवार
no img

काठमाडौं । बलिउडमा ‘देसी गर्ल’का रुपमा चर्चित अभिनेत्री अब अमरिकन बुहारी बनेकी छन् । प्रियंका चोपडा र अमेरिकन गायक निक जोनासबीच शनिबार जोधपुरस्थित उम्मेद प्यालेसमा क्रिश्चियन संस्कारमा विवाह गरेका छन् । विवाहपछि प्रियंकालाई ‘अमेरिकन बुहारी’ भन्दै शुभकामना दिइएको बताइएको छ ।


यसअघि शुक्रबार राति कक्टेल पार्टी आयोजना गरिएको थियो । जसमा चोपडा र जोनासको फेमिलाका अलावा उनले छानेका नजिकका साथी र आफन्त सहभागी थिए । प्रियंकाको विवाह पार्टीको खाशै फोटो बाहिर आएको छैन । यसको कारण विवाह पार्टीमा सुरक्षा चुस्त बनाइएको थियो ।


यसका बाबजुद पनि उक्त कक्टेल पार्टीको केही तस्बिरहरु लिक हुन थालेका छन् । सार्वजनिक भएको उक्त तस्बिरमा २०१७ की मिस वल्ड मानुषी छिल्लर पनि देखिएकी छन् । मानषी र प्रियंका नजिकका साथी हुन् । कक्टेल पार्टीमा फ्रुट्स र इन्डियन स्वीट्स देखिएको छ ।

Comments