राजेशपायल र ६ वर्षीया रिबेकाले गाए ‘बाबा–छोरी’को गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ३ मंसिर सोमबार
no img

काठमाडौं । नेपाली गायनका मेगास्टार राजेशपायल राईले ६ वर्षकी नाबालिका रिबेका लामासँग ‘ए छोरी’ बोलको रेकर्ड गरेका छन् । जुन गीत अहिले युट्युबमा दिनदिनै लोकप्रिय बनिरहेको छ ।
बाबु र छोरीबीचको नाता–सम्बन्ध बोल्ने उक्त गीत नाबालिका गायिका रिबेकाको पहिलो रेकर्डेड गीत हो । पविन दाहालको शब्द र मनोज साङ्सोन राईको संगीत र संयोजन रहेको गीत रिबेकासँग गाउन पाउँदा आफूलाई खुसी लागेको राजेशपायलले बताएका छन् । राम्रोसँग बोली फुटिनसकेकी बालिकाले निर्धक्कसँग राजेशसँग गीत गाएकी छन् ।

Comments