सलमानले तस्बिरमा सार्वजनिक गरे कट्रिनासँगको रोमान्स
screennepal
प्रकाशित: २०७५, १० भाद्र आईतवार
no img

बलिउड फिल्म ‘भारत’को निर्माण सुरु नहुँदै चर्चामा आएको हो । हाल यो फिल्म धमाधम छायांकन भइरहेको छ । यसै बेला फिल्मका मूखय कलाकार सलमान खानले केही तस्बिर शोसल मिडियामार्फत सार्वजनिक गरेका छन् ।
यो फिल्ममा सलमानसँग अभिनेत्री कट्रिना कैफले रोमान्स गर्दैछिन् । उनी फिल्म छायांकनकै मुखैमा अनुबन्धित भएकी हुन् । त्यसअघि फिल्मका लागि प्रियंका चोपडा अनुबन्धितन थिइन् । सलमानले सार्वजनिक गरेको ‘भारत’को तस्बिरमा सलमानसँगै कट्रिना निकै रोमान्टिक मुडमा प्रस्तुत भएकी छन् ।
यो फिल्म हाल माल्टामा छायांकन भइरहेको छ । सलमानले माल्टामा छायांकन भइरहेको ‘भारत’को दोश्रो चरणको सेड्युल समाप्त भएको बताउँदै ती तस्बिर सार्वजनिक गरेका हुन् ।
यस फिल्मलाई अलि अब्बास जफरले निर्देशन गर्दैछन् । उनले फिल्मको दोश्रो चरणको छायांकन समाप्त भएको सञ्चारमाध्यमलाई यसअघि बताइसकेका छन् । यस फिल्ममा सलमान र कट्रिनासँगै दिशा पटानी, तब्बु, सुनिल ग्रोबर, असिफ शेखलगायत कलाकार मुख्य भूमिकामा छन् ।

Comments