अनुभव शेयर गर्दै क्यान्सरपीडित सोनाली
screennepal
प्रकाशित: २०७५, ३ श्रावण बिहीबार
no img

बलिउड अभिनेत्री सोनाली बेन्द्रे हिजोआज क्यान्सरसँग लडिरहेकी छन् । ‘हाईग्रेड क्यान्सर’बाट पीडित सोनाली हाल न्युयोर्कमा उपचारत छिन् ।
क्यान्सरपीडित सोनालीले आफ्ना फ्यान तथा शुभचिन्तकका लागि केही दिनअघि आफ्ना तस्बिर सोशल मिडियामा शेयर गरेकी थिइन् । तस्बिरमा सोनालीसँगै उनका छोरा पनि छन् । ती फोटोसँगै उनले एकदमै भावुक स्टाटस लेखेकी छन् । सोनालीको नयाँ फोटोमा कपाल छुट्याइएको छ ।
आफ्नो छोरासँगको तस्बिर शेयर गर्दै सोनालीले लेखेकी छन्, ‘१२ वर्ष ११ महिना ८ दिनअघि तिमी भयौ । तर, अहिले मेरो ख्याल गरिरहेको छ । उसको खुशी र सपना मेरो लागि सबैथोक हो । जब मलाई क्यान्सर भएको थाहा भयो, तब यो कुरा छोरालाई कसरी भनुँ र उसको कस्तो रियाक्ट होला भन्ने सोचेकी थिएँ ।’
सोनालीले लेखेकी छन्, ‘मेरो लागि छोरालाई यी सबै कुरा सुनाउन जरुरी थियो । म जहिले उसलाई सबै कुरा सही बताइरहेकी हुन्छु । र, यसपटक पनि यही गरेकी थिएँ ।’


सोनालीले हिजोआज आफ्ना छोरा रणवीरका साथ दिन विताइरहेको बताएकी छन् । उनले भनेकी छन्, ‘उसको पागलपन र सकारात्मक सोचले मलाई ताकत दिएको छ ।’
सोनालीले आम क्यान्सरका बिमारीहरुसँग आफ्नो अनुभव शेयर गर्दै आएकी छन् । जसले गर्दा आफूलाई क्यान्सरसँग लड्न सहज गरिरहेको जनाएकी छन् । उनले अभिनेत्री मनीषा कोइराला र लिजा रेलाई पनि म्यासेज गरेको बताएकी छन् । जसले क्यान्सरसँग मुकावला गरेर नयाँ जीवन पाएका छन् । (एजेन्सीको सहयोगमा)

 

Comments