रेशम र केशुलाई ‘कौरा’बारे क्रश प्रश्न (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १७ असार आईतवार
no img

गुरुङ संस्कृति, कला र पहिचान बोकेको ‘कौरा’ गीत गाउँदाको आनन्द र सन्तुष्टि नै बेग्लै हुन्छ । यो कुरा बरिष्ठ गायक तथा संगीतकार रेशम गुरुङ र गायिका केशु गुरुङले पनि स्वीकारेका छन् । बगैँचा डटकमसँग कुराकानी क्रममा रेशम र केशुले भनेका छन्, ‘कौराले आफ्नो कला र संस्कृतिको पहिचान त झल्काउँछ नै, अर्को कुरा कौरा गाउँनुको आनन्द नै बेग्लै ।’

सुनौं उनीहरुको वार्ता :

स्वास्थ्यकर्मी तथा समाजसेवी समेत रहेकी गायिका केशुको फोटोसुटको दौरानमा उनीहरुसँग बगैंचा डटकमकी पत्रकार सुक तुम्रोकले कुराकानी गरेका थिए । रेशम कौरा गीतका लागि चर्चित मात्र नभएर बरिष्ठ गायक तथा संगीकार पनि हुन् । केशुले भने आफ्नो पेसाभन्दा बाहिर रहेर आफ्नो कला र संस्कृति जर्गेना तथा प्रवद्र्धनका उद्देश्यले कौरा गाउँदै आएको बताउँछिन् । तर, उनले गायनमा पनि राम्रो परिचय बनाउँदै आएकी छन् । रेशम, केशु र दुर्गा गुरुङको संयुक्त रुपमा चाँडै ‘बुकी फूल’ बोलको कौरा आउँदै छ ।

Comments