प्रियंका बलिउड इन्ट्रीको रामकहानी (द डार्क हर्स)
screennepal
प्रकाशित: २०७५, ३० जेष्ठ बुधबार
no img

बलिउड चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । यिनै सुन्दर अभिनेत्रीले आफ्नो नाकको सर्जरी गरेको रहस्य खुलाएकी छन् ।
प्रियंकाको बायोग्राफी ‘प्रियंका चोपडा : द डार्क हर्स’ सार्वजनिक भएको छ । जसमा उनले ‘मिस वल्र्ड’ बनेपछि फिल्म खेल्नकै लागि नाकको सर्जरी गराएको बताएकी छन् ।
सन् २००० मा ‘मिस वल्र्ड’ बनेपछि प्रियंकालाई निर्देशक महेश मान्जरेकरले आफ्नो फिल्मका साइन गराएका थिए । उक्त फिल्मका निर्माता विजय गलानी थिए भने अभिनेता बबी देओल । यो फिल्मको टिमले नै उनलाई नाकको सर्जरी गराउन उक्साएका थिए । तर, नाकको सर्जरीपछि कतिसम्म दुःख पाइन् भन्ने पनि पुस्तकमा उनले बताएकी छन् ।


प्रियंकाको वायोग्राफी भारती एस. प्रधानले लेखेका हुन्, जो भारतका चर्चित लेखक हुन् । यसअघि प्रधानले शत्रुघ्न सिन्हाको बायोग्राफी ‘एनीथिङ बट खामोश’ लेखेका थिए । भारतीले पुस्तकमा प्रियंकाको पूरै जीवन उतार्ने प्रयास गरेका छन् ।
प्रियंकाको बलिउड इन्ट्री कसरी भयो ? त्यो पनि पुस्तकका उल्लेख । प्रियंकाले बलिउडमा मोडलिङबाट करिअर सुरु गरेकी हुन् । उनी मोडलिङ हुँदै ‘मिस वल्ड’सम्म पुगिन् । त्यसपछि अन्तर्राष्ट्रिय लेवल बनाएकी प्रियंकाले विज्ञापनहरुमा काम गरेकी थिइन् । तर, यो कुरा प्रियंका सयंमले आजसम्म बताएकी छैनन । प्रियंकाको बलिउड ‘इन्ट्री’को कुरा गर्दा पत्रकार प्रदीप गुहा र निर्देशक तथा तरुण मनसुखानीजस्ताको नाम लिनु विर्सनु हुन्न किनकि, प्रियंकाको बलिउड इन्ट्रीमा यिनको ठूलो हात छ ।
पुस्तकमा प्रियंकाको संघर्षका दिनलाई विशेष फोकस गरिएको छ । भारतीले पुस्तकमा प्रियंकाको संर्घष ३० नभेभेम्वर २००० बाट सुरु भएको हो । त्यही समयमा लण्डनको मिलेनियम डोममा उनी ‘मिस वल्ड’मा भारतको प्रतिनिधत्व गर्दै सहभागी भएकी थिइन् । ‘मिस वल्र्ड’मा प्रियंकाको प्रतियोगी नम्बर २३ थियो । अन्ततः उनी ‘मिस वल्र्ड’ बन्न सफल भइन् ।


‘मिस वल्र्ड’ बनेपछि नै निर्देशक महेश मान्जरेकरले आफ्नो फिल्ममा साइन गराएको पनि । ‘मिस वल्र्ड’ बनेपछि प्रियंकालाई पत्रकारहरुले पछ्याइरहेका थिए । तर, सर्जरी गरेको नाक लिएर पत्रकारलाई भेट्न सक्दैन थिए । पत्रकारले प्रियंकाको सेक्रेटरी प्रकाश जाजूलाई भेट्थे ।
प्रियंकाले लण्दन गएर नाकको सर्जरी गराएकी थिइन् । उनले भनेकी छन्, ‘केही दिनमै सुटिङ सुरु हुँदैथियो । तर, मेरो लण्डन बसाइको शुड्युअल लम्बियो । म भर्खरै सर्जरी गरेको नाक लिएर सुटिङ गर्न सक्दिन थिए ।’
प्रियंकाको नाकमा प्रोब्लम आएपछि निर्देशक पनि हैरान थिए । अभिनेता बबी समेत प्रियंकाको नाकप्रति कम्फर्टेबल थिएनन् । त्यसैबेला प्रियंकाले अनिल शर्माको फिल्म ‘द हिरो : लभ स्टोरी अफ स्पाई’मा साइन गरिन् । तर, जब अनिलले प्रियंकाको नाकको सर्जरी देखे, उनी भड्किए किनकि, उनले प्रियंकालाई आफ्नो फिल्ममा लिने निर्णय गरिसकेका थिए ।
त्यो समय प्रियंकाकी आमालाई चिन्ता थियो किनकि उनलाई लाग्यो, ‘प्रियंकाको हातबाट फिल्म छुट्यो ।’ पछि अनिलले प्रियंकालाई फिल्ममा सेकेण्ड लिड एक्ट्रेसमा छानेका थिए ।

Comments