एउटा पृथक उडान : कलासँग धिरेनले खोले आफ्नो रहस्य ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २४ जेष्ठ बिहीबार
no img

यु–ट्युबले दिएको सुविधा उपभोग गर्दै ‘च्यानल’ चलाउँनेहरु वर्षे च्याऊसरी उम्रिएका छन् । अधिकांश कार्यक्रमको न स्तरियता छ, न त कुनै सञ्चारको मापदण्ड नै ।
‘मेरो पनि यु–ट्युब च्यानल छ’ भन्दै सेलिब्रेटीको चाहिँदो–नचाहिँदो कुुरा खोतल्ने र दर्शकलाई झुक्याएर ‘डलर झार्ने’ सिवाय केही पाइँदैन ती वर्षे च्याऊझैं उम्रिएका ‘यु–ट्युब च्यानल’हरुमा ।
तर, यहाँ यस्ता ‘यु–ट्युब च्यानल’ पनि चलाइएका छन्, जो टेलिभिजन कार्यक्रमभन्दा कम छैनन् । यसैको एक उदारण हो ‘रुबुशा च्यानल’ । यस च्यानलले सुरु गरेको ‘उडान : द टक शो’ कुनै एचडी टिभी कार्यक्रमभन्दा कम छैन ।

गायक रुकमान लिम्बू निर्माता तथा निर्देशक रहेको ‘उडान : द टक शो’ एउटा पृथक कार्यक्रम बनेको छ । यो कार्यक्रममा सेलिबे्रटीका संघर्षका कथा खोतलिन्छ । जीवनको उडान भर्दै जाँदा भोगेका तिता–मिठा वास्तविक कथाहरु कार्यक्रममार्फत सार्वजनिक गरिने कार्यक्रमका निर्देशक रुकमान लिम्बूले बताए । कलाकारमात्र नभएर हरेक क्षेत्रमा दशक बढी विताएका व्यक्तित्वलाई यस कार्यक्रममा ‘उडान’ भराइन्छ ।
कार्यक्रममा सहभागी सेलिब्रेटी तथा व्यक्तित्वहरुलाई चर्चित आरजे÷भिजे तथा कोरियोग्राफर कला सुब्बासँग उडान भराउँनेछिन् ।
‘उडान : द टक शो’ को पहिलो ‘इपिसोड’ शुक्रबार रिलिज गरिएको छ, जसमा अतिथिका रुपमा उडान भरेका छन् अभिनेता धिरेन शाक्यले । ‘उाडन’मार्फत धिरेनले आफ्ना केही नयाँ कुराहरु समेत राखेका छन् ।
‘उडान : द टक शो’मार्फत प्रस्तोता कला सुब्बाले धिरनको अहिलेसम्म दर्शकले थाहा नपाएका जीवनका अन्तरंगहरु खोतलेकी छन् । कार्यक्रम ‘उाडन : द टक शो’को विशेषता पनि यही हो ।
‘उडान : द टक शो’ तयारी गर्न करिब ८ महिना लागेको गायक तथा कार्यक्रम निर्माता रुकमानले बताए । कार्यक्रमको क्रियशन, स्टुडियो सेटिङ, कलरिङलगायत विविध कार्यमा यतिका महिना वितेको उनले बताए ।
पछिल्लो समय जोसुकैले ‘यु–ट्युब’ च्यानल चलाउने भएकाले पनि आफ्नो कार्यक्रम पृथक र स्ट्याण्र्डस बनाउन चाहेको रुकमानले बताए । उनले भनेजस्तै कार्यक्रम स्तरिय र पृथक बनेको छ ।
रुकमानले भने, ‘उडान : द टक शो’ पैसा कमाउनका लागि निर्माण गरिएको होइन । यो कार्यक्रमको उद्देश्य भनेको सेलिब्रेटीका कुुरा सर्वसाधारणसम्म पु-याउने हो ।’
‘उडान : द टक शो’ हेरेपछि सेलिब्रेटी बन्नका लागि कतिको मिहिनेत एवं संघर्ष गर्नु पर्दोरहेछ भन्ने जानकारी हुने हुँदा नयाँका लागि यो कार्यक्रम प्रेरणा बन्न सक्ने रुबुशा च्यानलले अपेक्षा गरेको छ ।

Comments