केकी र एनजेलाई ‘लाग्छ शुन्य आजकल’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २० फाल्गुन आईतवार
no img

काठमाडौं, २० फागुन । अभिनेत्री केकी अधिकारी र गायक एनजे सागर शाहलाई हिजोआज ‘लाग्छ शुन्य आजकल । एक भिडियोमा केकी र एनजेले मोडलिङ गरेका छन् । शिव गुरुङले गाएको ‘लाग्छ शुन्य आजकल’ बोल गीतको भिडियोमा केकीसँग एनजे देखिएका हुन् ।
‘लाग्छ शून्य आजकल’ शीर्षकको यस आधुनिक गीतलाई युटुवमा सार्वजनिक गरिएको हो । भिडियो पोखरा र इलामको चियाबारीमा छायाँकन गरिएको छ ।
ऋषभ फिल्मस्को व्यानरमा निर्मित भिडियोमा महेन्द्र घिमिरे ‘विवश’को शब्द, एनजे सागर शाहको संगीत रहेको छ भने भिडियोका निर्देशक नेत्र गुरुङ हुन् । म्युजिक भिडियोमा राजेन्द्र अधिकारी ‘अपुर्ण’, लक्ष गुरुङ, अस्मिता बराल, प्रविण पुन, अमित गुरुङलगायतको अभिनय छ ।

Comments