“ब्लाईनड रक्स” को प्रिमिएरमा केकी बनिन सृष्टिको सहारा , कस कसको आँखाबाट बग्यो आँशुको धारा
screennepal
प्रकाशित: २०७४, १७ फाल्गुन बिहीबार
no img

स्क्रिननेपाल डटकम :
बिदेशको प्रदर्शनमा निकै राम्रो प्रतिक्रिया बटुलेको चलचित्र “ब्लाईनड रक्स” को बुधबार राजधानीमा रेड कार्पेट प्रिमिएर शो गरिएको छ । प्रिमिएर शो निकै भब्य तरिकाले सम्पन्न भएको थियो । चलचित्रको प्रिमिएर शो मा अधिकांश चलचित्रकर्मी, बरिष्ट व्यक्तिहरु र पत्रकारहरुलाई निम्तो गरिएको थियो । निम्तो अनुसार सबैको उल्लेखनीय उपस्थित प्रिमिएर शो मा देखिएको थियो । प्रिमिएर शो हेरेर निस्किएका हरेक व्यक्तिहरुको आँखा रसाएको देखियो । सबै भावपूर्ण अनुहार लिएर सिनेमा घर देखि निस्किएको दृश्य हेर्न लाएक थियो । सबैले चलचित्रको खुलेर प्रशंसा गरे । चलचित्रलाई नराम्रो भन्ने या चलचित्र हेरेर नरुने कोहि पनि त्यहाँ भेटिएनन । अन्तत लामो समय पछि चलचित्र “ब्लाईनड रक्स” फाल्गुन १८ गते देखि देशभर प्रदर्शन हुदैछ । चलचित्रले मंगलबार नै सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेटको साथमा यो बर्षकै उत्कृष्ट चलचित्र रहेको प्रतिक्रिया पाईसकेको थियो तर पनि प्रिमिएरमा के हुन् हो भन्ने चासो सबैको मनमा थियो ।



चलचित्रले बिदेशमा रहनु भएका सम्पूर्ण दर्शकहरुको आँखा देखि आँशु झर्यो । यहाँ सम्मकी सेन्सर बोर्डमा पनि चलचित्र हेरिसकेपछि रुवाबासी नै भयो । उक्त रुवाबासी बुधबार बिहानको प्रिमिएर पनि देखियो । सबै व्यक्तिहरु आँखाभरि आँशु लिएर सिनेमा घरबाट बाहिर निस्के । पत्रकारले सोधेको चलचित्र कस्तो छ भन्ने प्रश्नमा सबैको मुखबाट अति उत्कृष्ट रहेको मात्रै प्रतिक्रिया आयो । हौसला दिने र मनोबल उच्च बनाउने चलचित्र पहिलोपटक हेर्न पाएको पनि धेरैले भने । चलचित्र दृष्टिबिहीन सृष्टि केसीको जीवन कथामा आधारित रहेको निर्माण भएको छ । चलचित्रमा दृष्टिबिहीन सृष्टि केसीको भूमिका नायिका बेनिषा हमालले निर्वाह गरेकी छिन् । प्रिमिएरबाट अधिकांश उपस्थित व्यक्तिहरुले बेनिषाको तारिफ गर्ने भ्याए । सबैले निर्माता निकेश लिम्बु र निर्देशक मिलन चाम्सलाई भेटेरै बधाई दिए । सबैले चलचित्र यो बर्षको सर्वाधिक सफल र उत्कृष्ट चलचित्र “ब्लाईनड रक्स” बनेको बताए ।



चलचित्रमा बेनिषा बाहेक गौरी मल्ल, अर्पण थापा, अनिल केसरी शाह र रितेश चाम्स लगाएतका कलाकारहरुको भूमिकाको पनि उपस्थित सबैले प्रशंसा गरे । यस्तै नेपाली चलचित्रका समिक्षकहरुले पनि चलचित्रको खुलेर तारिफ गरे जुनकी नेपाली चलचित्र क्षेत्रमा धेरै कम हुने गर्दछ । कुनै न कुनै कमि कमजोरी बाहिर निकाल्ने समिक्षकहरुको पनि “ब्लाईनड रक्स” हेरेपछि आँखामा आँशु नै आयो । अधिकांश समिक्षक र अरु चलचित्रका निर्देशक निर्माताहरुले पनि चलचित्र “ब्लाईनड रक्स” एक उत्कृष्ट चलचित्र रहेको बताए । यता यति धेरै बरिष्ट व्यक्तिहरुको चलचित्र प्रतिको यस्तो प्रतिक्रिया पाउँदा निर्माता निकेश लिम्बु र निर्देशक मिलन चाम्स शब्द बिहिन भए । आफुले गरेको मेहेनतको सहि मुल्यांकन भएको देख्दा मनमा निकै खुशी र हौसला मिलेको निर्माता निकेश लिम्बु र निर्देशक मिलन चाम्स बताएका छन् ।



यो सबै देख्दा चलचित्र नेपालमा सफल हुने देखिन्छ । अन्ततः भोलि शुक्रबार देखि चलचित्र “ब्लाईनड रक्स” देशभर देखि प्रदर्शन हुदैछ । बिदेशी भुमिबाट पाएको प्रतिक्रिया र प्रिमिएर शो को गतिविधि हेर्न धेरै नेपाली चलचित्र क्षेत्रका महापण्डितहरुले चलचित्रले औधि नै सफल हासिल गर्ने अनुमान लगाउन थालिसकेका छन् । तर चलचित्रले दर्शकहरुको कत्तिको साथ पाउने हो त्यो भने भोलिको दिनले नै बताउने छ । कसैको जीवन गाथालाई दर्शकहरुको मन छुने तरिकाले पर्दामा उतार्नु भनेको चाही निकै कठिन काम नै मानिन्छ । यता निर्माता निकेश लिम्बुले भने एकपटक चलचित्र “ब्लाईनड रक्स” हेरेर आफ्नो प्रतिक्रिया राखिदिनुहुने सबै दर्शकहरुलाई आग्रह गरेका छन् । चलचित्रमा नवराज कृष्ण थापाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै चलचित्रको कथा यम थापा र सुमन उप्रेती मिलेर तयार गरेका हुन् । यस्तै गिरीराज घिमिरे चलचित्रको मुख्य सहायक निर्देशक हुन् ।




????????????????????????????????????


Comments