“पसिना” को “हावा चल्यो सिरिरी” सार्वजनिक
screennepal
प्रकाशित: २०७४, १० फाल्गुन बिहीबार
no img

स्क्रिननेपाल डटकम :
रचनाकार नारद रिजालको सुन्दर शब्दमा तयार भएको “हावा चल्यो सिरिरी” बोलको गीत रिलिज भएको छ । यो नया बर्ष बैशाख १४ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “पसिना” को पहिलो अफिसियल गीत हो । गीतमा संगीत र स्वर भने राजनराज शिवाकोटीको रहेको छ । हिन्दुहरूको महत्वपूर्ण पर्व महाशिवरात्रीको दिनलाई शुभ साईत मान्दै यस गीतलाई रिलिज गरीएको हो । गीतले निकै कम समयमा सफलता हासिल गरिरहेको छ ।

गीतको भिडियोमा नायक गौरव पहारी र नायिका अनु शाह फिचरिङ छन् । गीतमा अनुलाई गौरवले आफ्नो पार्वती बन्न आग्रह गरेका छन् । नन स्टप क्रियशनको ब्यानरमा निर्मित यस चलचित्रमा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ ।
श्रमिकहरुको पीडा बोल्ने यस चलचित्रमा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको चलचित्रलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । शिब वि.क को नृत्य निर्देशन रहेको चलचित्रमा राम केसीको छायांकन र देब महर्जनको द्वन्द्व रहेको छ । यस्तै चलचित्रलाई आर.वि. खत्री “शरद” ले निर्देशन गरेका हुन् ।

हेर्नुस भिडियो :

Comments