वर्षा र प्रशान्तले हात झिकेपछि अलपत्र पर्यो “रानी महल”
screennepal
प्रकाशित: २०७४, १० फाल्गुन बिहीबार
no img

स्क्रिननेपाल डटकम :
केहि समय अगाडी नै भब्य कार्यक्रम आयोजना गरेर निर्माण घोषणा गरेको चलचित्र “रानी महल” को अहिले सम्म पनि छायांकन सुरु हुन सकेको छैन । चलचित्रको छायांकन माघ महिना देखि नै सुरु गर्ने कुरा थियो । तर फाल्गुनको आधा जान लाग्दा पनि निर्माण पक्षबाट छायांकनको कुनै सुरसार देखिएको छैन । छायांकन सुरु हुन ढिलाई भएको भन्दै चलचित्रका मुख्य २ कलाकारले चलचित्रबाट हात झिकिसकेको खबर छ । हो दर्शकबिन चलचित्रमा अनुबन्धित २ मुख्य कलाकार नायिका बर्षा शिवाकोटी र प्रशान्त ताम्राकारले चलचित्रबाट हात झिकिसकेको जानकारी प्राप्त भएको छ ।

चलचित्र छोड्नुमा चलचित्रको छायांकन ढिलाई नै रहेको यी दुवै कलाकारले बताएका छन् । यस्तै यी दुवैले चलचित्रबाट लिएको रकम पनि निर्माण पक्षलाई फिर्ता गरिसकेको बताएका छन् । मुख्य २ कलाकारले नै हात झिकेपछि अब चलचित्र अन्योलमा परेको छ । अब भने चलचित्रको छायांकनमा थप ढिलाई हुने देखिएको छ । यति बेला एकिनका साथ आखिर चलचित्रको छायांकनको कहिले देखि सुरु हुने भन्ने कुराको अनुमान कसैले लगाउने अवस्था छैन ।

२ मुख्य कलाकार चलचित्रबाट हात निस्किए पछि अब निर्माण पक्ष अरु कुनै कलाकारलाई लिने सोचमा छ । यसको लागि अर्को कलाकार छनोटमा यति बेला निर्माण पक्ष लागिसकेको छ । अब कुन कुन कलाकारको इन्ट्री यस चलचित्रमा हुने हो त्यो हेर्न भने बाँकी नै छ । चलचित्र “रानीमहल” का निर्देशक हिमाल न्यौपाने हुन् । डेढ करोड लगानीमा निर्माण हुने भनिएको यस चलचित्रमा प्रेम सँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ । चलचित्रका निर्माता बिमल भुसाल हुन् ।

Comments