जसिताको लागि मरिहत्ते गर्दै प्रदीप
screennepal
प्रकाशित: २०७४, २ फाल्गुन बुधबार
no img

स्क्रिननेपाल डटकम :
यो बर्षको बहुप्रतिक्षित मानिएको चलचित्र “लिलिबिली” को दोस्रो गीत रिलिज गरिएको छ । निर्माण पक्षले आज प्रेम दिवसको अवसर पारेर चलचित्रको “घुम्न जाउ इन्जिन गाडीमा” बोलको दोस्रो गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा एकतारेको शब्द र एस.डी योगीको संगीत र स्वर समावेश रहेको छ । निकै सुरिलो स्वरमा सजिएको यस गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । नेपाल बाहिर छायांकन गरिएको यस गीतको भिडियोमा छुट्टै किसिमको दृश्य देख्न सकिन्छ । सम्भवत अहिले सम्म कुनै नेपाली चलचित्रको गीतको भिडियो विदेशको रमणीय दृश्यहरुलाई यति आकर्षक तरिकाले देखाईएको छैन ।

गीतको भिडियोमा नायक प्रदीप खड्काले नव नायिका जसिता गुरुङलाई फकाई रहेको देख्न सकिन्छ । प्रेम र निकै सुन्दर तरिकाले उनको पछि पछि लागि प्रदीप उनलाई फकाउने प्रयास गरिरहेका छन् । गीत र भिडियोको मिश्रण निकै राम्रो देखिएको छ । चलचित्र निर्माण ताका देखि नै चर्चामा छ । २ करोड माथिको बजेटमा निर्माण भएको यो चलचित्र चैत्र ३० गते देखि प्रदर्शनमा आउदैछ । चलचित्रको पहिलो गीत केहि समय अगाडी नै रिलिज गरिसकिएको छ । उक्त गीतले पनि औधि सफलता हासिल गर्यो । पहिलो गीतको सफलता पछि निर्माण पक्षले अहिले दोस्रो गीत बाहिर लिएर आएको हो ।

काफिया फिल्मस् , सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण रहेको चलचित्रमा प्रदीप खड्का , जसिता गुरुङ , प्रियंका कार्की , अनुप विक्रम शाही , रितेश चाम्स , सबिन श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा सुदिप बरालको छायांकन , चन्द्र पन्तको द्वन्द , अर्जुन जिसीको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यस्तै चलचित्रमा गोबिन्द शाही र सुदिप खड्काको लगानी रहेको छ ।

हेर्नुस भिडियो :

Comments