“पंचायत” मा निता १४ बर्षे चंचेली किशोरी
screennepal
प्रकाशित: २०७४, १ फाल्गुन मंगलवार
no img

स्क्रिननेपाल डटकम :
चैत्र २ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “पंचायत” को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा नायिका निता ढुंगाना र अभिनेता सरोज खनालको बिशेष प्रस्तुति देखिन्छ । यी २ को भूमिकामा नै चलचित्रको कथा घुमेको ट्रेलरले बताउछ । ट्रेलरको अनुसार चलचित्रमा नितालाई १४ बर्ष किशोरीको भूमिकामा देखाइएको छ भने सरोजलाई गाउँको मुखियाको रुपमा देखाइएको छ । निता निकै चंचेली स्वभावको छिन् भने सरोजलाई गाउँले भगवान भन्दा पनि ठुलो मान्छन ।

नेपालको ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई यस चलचित्रमा देखाइएको चलचित्रका लेखक तथा निर्देशक शिवम अधिकारीले बताएका छन् । यस्तै यस चलचित्रमा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ । गणेश गिरीको प्रस्तुती रहेको चलचित्रका निर्माता भने सुशान्त श्रेष्ठ र शंकर सुवेदीले रहेका छन् । यस्तै संचारकर्मी रवि अधिकारी चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रले यस अघि अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा आयोजित “सान फ्रान्सिस्को चलचित्र महोत्सव” मा बिदेशी भाषाको “उत्कृष्ट चलचित्र” विधामा र “उत्कृष्ट मुख्य अभिनेत्री” विधामा पुरस्कार जित्न सफल भएको थियो ।

हेर्नुस ट्रेलर :

Comments