“नाका” मा यसरी ताण्डव मच्चाउदै विपिन
screennepal
प्रकाशित: २०७४, १ फाल्गुन मंगलवार
no img

स्क्रिननेपाल डटकम :
यहि आउँदो फाल्गुन १७ गते देखि उपत्यका बाहिर र फाल्गुन १८ गते देखि उपत्यका भित्र प्रदर्शनमा आउन लागेको चलचित्र हो “नाका” । चलचित्रको केहि दिन अगाडी मात्र ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको फर्स्ट लुक सार्वजनिक भए संगै दर्शकहरुमा चलचित्रलाई लिएर धेरै उत्सुकता रहेको थियो । ट्रेलरले दर्शकहरुको उत्सुकता अझै बढाएको देखिन्छ । बिशेष गरि चलचित्रमा मुख्य भूमिकामा रहेका नायक विपिन कार्कीको नया लुक्स र फरक अभिनयले धेरै ध्यान तानेको छ ।

सार्वजनिक ट्रेलरमा नेपाल र चीनको नाकामा भईरहने गतिबिधिलाई समेटेर चलचित्र निर्माण भएको देखाईएको छ । अरु भन्दा फरक कथा राखेर चलचित्रको निर्माण गरिएको छ । एक्सन र कमेडीले चलचित्र भरिपुर्ण देखिन्छ । चलचित्रमा विपिन सँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अमित श्रेष्ठको लेखन र निर्देशन रहेको चलचित्रमा अभिषेक सुवेदीको पटकथा छ । चलचित्रलाई प्रविन टक्की कार्कीले निर्माण गरेका छन् । शिशिर गुरुङ र निर्देशक श्रेष्ठ भने चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् । यस्तै चलचित्रमा चिन्तन राज भण्डारीको छायांकन, बिभुसन बस्नेत र पूजा गुरुङको सम्पादन र रोहित शाक्यको संगीत रहेको छ ।

हेर्नुस ट्रेलर :

Comments