फिलिपिन्सको समुन्द्र किनारमा यसरी खुले सम्राज्ञी र आर्यन
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
चलचित्र “कायरा” को यति बेला फिलिपिन्समा धमाधम छायांकन भईरहेको छ । फिलिपिन्सको समुन्द्र किनारमा यति बेला नायक आर्यन सिग्देल र नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह रोमान्स गरिरहेका छन् । हो दर्शकबिन चलचित्रमा यी २ कलाकारको जोडी बाधिएको छ । एक हिसाबले भनौ भने पुरानो पुस्ता र नया पुस्ताको जोडी बाधिएको छ चलचित्र कायरा मा । यो २ जोडीलाई पर्दामा छिटो भन्दा छिटो हेर्न दर्शकहरु आतुर देखिन्छन् ।

यसै बीच चलचित्र “कायरा” को सुटिङ सेटबाट साम्राज्ञी र आर्यनको एक तस्बिर बाहिरिएको छ । तस्बिरमा यी दुईलाई फिलिपिन्सको एक समुन्द्री किनार नजिक रोमान्टिक मूडमा देख्न सकिन्छ । आर्यनको घाँटीमा गितारको ट्याटु छ । चलचित्र मा उनी गायकको भूमिकामा हुन सक्ने उनको ट्याटुबाट अनुमान लगाउन सकिन्छ । यस्तै चलचित्र रोमान्टिक लव स्टोरीमा आधारित रहने सक्ने अनुमान पनि यहि देखि लगाउन सकिन्छ ।

सार्वजनिक तस्बिरमा आर्यन र सम्राज्ञीको जोडी निकै सुहाएको देखिन्छ । तर पर्दामा भने यो जोडी कति सुहाउने हो त्यो भने हेर्न बाँकी नै छ । यस चलचित्रका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा पहिले देखि नै छ । लगातार आफू अभिनीत चलचित्र बक्स अफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअर माथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेको सोझै बुझ्न सकिन्छ ।

चलचित्र “कायरा” लाई आर्यनको होम प्रोडक्शन कम्पनीले निर्माण गर्दैछ । यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् ।

Comments