अस्वस्थ चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डद्वारा आर्थिक सहयोग
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
लामो समय देखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा गोपी कृष्ण सिनेमा घरका अध्यक्ष निकिता पौडेल न्युक्त भईन । उनि न्युक्त भए संगै उनले धेरै आलोचना खेप्नु पर्यो । चारैतिर देखि उनको आलोचना हुन थाल्यो । तर यति बेला भने उनले बिस्तारै राम्रा राम्रा काम गरेर अगाडी बढेको देखिएको छ । चलचित्र विकास बोर्डको “चलचित्रकर्मी कल्याणकारी कोष” बाट चलचित्रकर्मीहरुलाई सहयोग गरिएको छ ।

बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेलले वरिष्ठ कलाकर्मी हरिप्रसाद रिमाल, फिल्म लेखक मौनता श्रेष्ठ र वृद्ध अभिनेता जयनेन्द्र चन्द ठाकुरलाई निवासमै पुगेर चार महिनाको मासिक भत्ता प्रदान गरिन् ।

बोर्डमा अध्यक्ष रित्त भएपछि विगत चार महिनादेखि चलचित्रकर्मीहरुले बोर्डबाट प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो । यस्तै मिर्गौला रोगबाट पीडित वरिष्ठ मेकअप आर्टिस्ट इन्द्र लामालाई पनि बोर्डको “चलचित्रकर्मी कल्याणकारी कोष” बाट भत्ता तथा सहयोग रकम उपलब्ध गराइएको छ ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समन्वयनमा बोर्डका अध्यक्ष पौडेलसहितको टिमले लामाको उपचारका लागि १ लाख सहयोग प्रदान गरेको हो । बोर्डका अध्यक्ष निकिताले फिल्म क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने चलचित्रकर्मीहरुको सम्मान, सहयोग र सद्भावलाई आत्मसाथ गर्दै आफू अगाडि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।

बोर्ड अध्यक्षमा नियूक्त भएपछि चर्को आलोचना खेपेकी अध्यक्ष पौडेल यतिबेला भने सर्वत्र तारिफकी पात्र बनिरहेकी छिन् । उनकै सक्रियतामा हालैमात्र बैशाख १ गतेदेखि नेपालमा बक्स अफिस लागू गर्ने निर्णय भएको छ ।

Comments