२ दिनमा १ करोड १० लाख कमाउँदा दर्शकले कति मनपराए “मिस्टर झोले” ?
screennepal
प्रकाशित: २०७४, २ माघ मंगलवार
no img

स्क्रिननेपाल डटकम :
पुस २८ गते देखि प्रदर्शनमा आएको चलचित्र “मिस्टर झोले” ले यति बेला तहल्का मच्चाईरहेको रहेको छ भन्दा खास्सै फरक नपर्ला । यति बेला देशभर “मिस्टर झोले” मय बनेको छ भन्दा पनि कुनै फरक पर्दैन । वास्तवमै चलचित्रले निकै राम्रो सफलता हासिल गर्न सफल रहयो । शुक्रबार र शनिबार मात्रै चलचित्रले देशभर देखि १ करोड १० लाखको ग्रस व्यापार गरेको निर्माता टेकेन खड्काले जानकारी दिएका छन् । २ दिनमै यति कलेक्सन गर्न सफल रहेको चलचित्रले यो हफ्ता कति व्यापार गर्न सक्ला यसको अनुमान लगाउन त्यति गार्हो भने छैन । ब्यापारिक हिसाबको साथमा दर्शकहरुको रोजाईमा पनि चलचित्र “मिस्टर झोले” परेको छ । चलचित्र मनोरंजननात्मक भएकै कारण होला दर्शकहरुबाट चलचित्र माउथ अफ पब्लिसिटी अधिक भयो ।

यसको कारण आईतबार र सोमबार पनि चलचित्र हेर्न दर्शकहरुको भिड नै लाग्यो । सोमबार बिदाको दिन हुँदा पनि चलचित्रलाई केहि हदले फाईदा पुग्यो । पहिलो हफ्ता सकिन अझै केहि दिन बाँकी नै छ । अहिले सम्मको रिपोर्ट हेर्दा चलचित्रको पहिलो हफ्ता सुखद नै रहने देखिएको छ । चिसोको मौसमको कारण केहि असर भने चलचित्रलाई परेकै छ तर पनि दर्शकहरुको भिडमा त्यति सारो कमि भने आएको छैन । निर्माण पक्षको अनुसार चिसो मौसमको कारण बिशेष गरि बिहानीको शो मा असर परेको छ बाँकी देउसो र रातिको शो मा भने दर्शकहरुको चाप उच्च नै रहेको निर्माण पक्षको दाबि रहेको छ । अब हेरौ चलचित्रले पहिलो हफ्ता कति कलेक्सन गर्न सक्दछ ।

रामबाबु गुरुङद्वारा निर्देशित यस चलचित्रमा दयाहाङ राई , वर्षा राउत , दीया पुन , प्रविण खतिवडा , वृद्धि तामाङ , पुष्कर गुरुङ , अरुणा कार्की , कमलमणी नेपाल , लक्ष्मी वर्देवा , सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यस्तै चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन , काली प्रसाद बास्कोटा र सुजेन कार्कीको संगीत , विक्रम स्वारको नृत्य निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको कथा लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन् । यस्तै चलचित्रको निर्माण भने टेकेन खड्काले गरेका हुन् । यस्तै रौनक बिक्रम कडेल चलचित्रको कार्यकारी निर्माता हुन् भने ओम चन्द रौनियार , अर्जुन कार्की र मनिराम पौडेल चलचित्रका सह-निर्माता हुन् । टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा मिलेर यस चलचित्रको निर्माण गरेका हुन् ।

हेर्नुस ट्रेलर :

Comments