‘नेप्टे’को पहिलो गीत यस्तो… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १ माघ सोमबार
no img

सिनेनगरी डटकम :
चलचित्र “नेप्टे” को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक “सुपारी काचो” बोलको गीतमा भानुभक्त ढकालको शब्द , ओम सुनारको संगीत र ओम सुनार र सावित्री जोशीको स्वर समावेश रहेको छ । गीतको भिडियो पनि रमाइलो तयार बनेको छ । भिडियोमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको छ तर चलचित्रका मुख्य कलाकार दयाहाङ राई भने यस भिडियोमा फिचरीङ छैनन् । यसको पछाडी निर्माण पक्षले केहि रहस्य राखेको देखिन्छ । गीत लोक भाकामा तयार भएको छ र भिडियोको छायांकन पनि गाउँको वातावरणमा छायांकन गरिएको छ ।

निर्माण पक्षले गीत सार्वजनिक गरे संगै चलचित्रको प्रदर्शन मिति पक्का गरेको छ । चलचित्र चैत्र ३० गते देखि देशभर देखि प्रदर्शन हुदैछ । देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई , रोहित रुम्बा , बुद्धि तामाङ , अर्जुन गुरुङ , छुल्थिम गुरुङ , पुर्णिमा लामा र अरुणा कार्की लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा हरि घले लामाको छायांकन , तारा थापा ( किम्वे ) को सम्पादन , कविराज गहतराजको नृत्य र रोशन श्रेष्ठको द्वन्द समावेश रहेको छ ।

चलचित्रलाई रोहित रुम्बाले निर्माण गरेका हुन् । चलचित्र कमेडी जेनेरामा तयार भएको छ । निर्माण पक्षको अनुसार चलचित्रमा हाम्रै नेपाली समाजको वास्तविक कथा वस्तु चित्रण गरिएको छ ।

हेर्नुस भिडियो :

Comments