अस्मितले ‘फूलबुट्टे’ गीत ल्याए (भिडियो)
screennepal
प्रकाशित: २०७४, १ पुष शनिबार
no img

काठमाडौं, १ पुस । गायक अस्मित लिम्बुले ‘फूलबुट्टे’ गीत तथा भिडियो ल्याएका छन् । गीतमा उनकै शब्द तथा संगीत छ भने भिडियो पनि उनैले निर्देशन गरेका ह्न् ।
यस गीतको भिडियोमा सुमा लिम्बु, राजिव कपाली, शंकर सुनुवार, देवेन गुरुङ र चाङ लिम्बुको अभियन गरेका छन् । पूर्वेली लोकपप यो गीतलाई युवराज खत्रीले छायाँकन र सम्पादन गरेका छन् ।
केही समय पहिला ‘असीमित’ एल्वम लिएर आएका अस्मितले त्यही एल्वमभित्र रहेको यो गीतको भिडियो श्र्रोतामाझ ल्याएका हुन् । ‘एल्वममा रहेका गीतलाई स्रोताले औधी मन पराइदिनु भयो र भिडियो बनाए’, अस्मितले भने ।
अनुराग संगीत पाठशालामा अर्जुन पोखरेल र राम सिटौलासँग संगीत सिकेर यस क्षेत्रमा होमिएका झापाका अस्मित भन्छन्, ‘संगीत कर्ममै लाग्ने योजना छ । आश छ मेरा योभन्दा पहिलाका सिर्जना जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ ।’

Comments