मि. एण्ड मिस थारु–२०१७ : भोटिङ गर्न मनिताको अनुरोध
screennepal
प्रकाशित: २०७४, २४ मंसिर आईतवार
no img

NEI>F7 Send To 33001 

काठमाडौं, २४ मंसिर । ‘मिस्टर एण्ड मिस थारु–२०१७’को ताज जित्न ४७ प्रतियोगी प्रतिस्र्धा गर्दैछन् । ती प्रतिस्पर्धीमध्ये एक हुन् मनिता चौधरी । सुनसरी, इटहरी–१३ की मनिता मिस थारु बन्न आतुर छिन् । जसका कारण अहिले उनी कडा मिहिनेत गरिरहेकी छन् ।


हाल ‘मिस्टर एण्ड मिस थारु’को राजधानीमा ग्रुमिङ सेसन भइरहेको छ । क्याटवाकलगायत आत्मविकास सम्बन्धी प्रशिक्षणमा रहेकी मनिताले भनिन्, ‘मिस्टर एण्ड मिस थारु’को महिलातर्फको उपाधि जित्नका लागि मिहिनेत गरिरहेकी छु ।’


सुन्दर र गोरो वर्णकी मनिताको उचाई ५ फिट ३ इन्च छ । जसका कारण पनि आफू मिस थारु बन्न लायक रहेको दावी उनको छ ।
प्रतियोगितामा ट्यालेन्ट र सुन्दर भएर मात्र नभई भोटिङका आधारमा समेत विजेता घोषित गरिने भएकाले मनिताले आफूलाई सक्दो भोटिङ गर्न अनुरोध गरेकी छन् । (भोटिङ गर्नका लागि तल लिंक दिएको छ ।) साथै फेसबुक लाईक र शेयरलाई पनि एक आधारको रुपमा लिइएको छ ।
नेक्स्ट इभेन्ट इन्टरनेशनलले आयो जना गनए गइरहेको यस प्रतियोगितामा थारु तथा चौधरी समुदायका युवायुवतीहरुले सहभागी जनाइरहेका छन् । प्रतियोगिाताका लागि ट्यालेन्ट राउण्ड र फोटो सेसन भइसकेको मनिताले बताइन् । प्रतियोगिाताको फाइनल ३ पुसमा राजधानीमा हुँदैछ ।

एसएमएस भोटिङका लागि : NEI>F7 Send To 33001 

facebook link : https://www.facebook.com/mrandmisstharu/

Comments