हेल्लो गजलबारमा अब प्रत्येक शुक्रबार प्राश्ना शाक्य
screennepal
प्रकाशित: २०७४, ७ मंसिर बिहीबार
no img

काठमाडौं, ७ मंसिर । गायिका प्राश्ना शाक्यका फ्यान तथा प्रशंसकका लागि खुसी खबर छ किनकि, यी सुमधुर स्वरकी धनी गायिकालाई अब प्रत्येक शुक्रबार लाईभ ब्याण्डसहित सुन्न पाइने भएको छ । हो, यही शुक्रबारबाट प्राश्ना बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा सुन्न पाइने भएको हो ।
स्क्रिन नेपालसँग कुरा गर्दै ‘आवाज देउ…’जस्ता चर्चित गीतका गायिका प्राश्नाले भनिन्, ‘यो शुक्रबारबाट साया हेल्लो गजलबारमा जोइन गरेकी छु ।’ यो गजलबारले सुरुदेखि नै प्रत्येक शुक्रबार देशका ख्यातीप्राप्त गायक÷गायिकाहरुलाई प्रस्तुत गर्दै आएको छ । यसैअनुरुप प्राश्नालाई प्रत्येक शुक्रबार प्रस्तुत गर्न लागेको गजलबारका सञ्चालक रुल्ज गुरुङले बताए । उनका अनुसार प्रत्येक शुक्रबार प्राश्ना त गञ्जिनेछिन् नै, त्यसका अलावा बेला–बेला अन्य ख्याती प्राप्त कलाकारलाई सहभागी गराइनेछ ।
प्राश्ना कुनै समयकी चर्चित गायिका हुन् । उनका दर्जनौ गीत लोकप्रिय छन् । केही समय सांगीतिक क्षेत्रबाट अलग भएपनि उनका फ्यान फुलोअर्स उत्तिकै छन् । प्राश्ना हिजोआज पनि गीत रेकर्डिङका अलावा सांगीतिक कार्यक्रममा उत्तिकै व्यस्त छिन् । तैपनि आफ्नो बचेको समयलाई हेल्लो गजलबारलाई दिएको प्राश्नाले बताइन् ।

‘यो गजलबार मन परेर नै जोइन गर्ने निर्णय गरेकी हुँ’, गजलबारमा गाउनुको कारण खुलाउँदै उनले भनिन्, ‘राजधानीका खुलेका गजलबारमध्ये हेल्लो गजलबार मलाई शान्त पारिवारिक पनि लाग्यो ।’
हुन पनि यो गजलबार राजधानीको मुट मानिने बागबजारमा छ । प्रसस्त पार्किङको सुविधा, स्तरिय सेवा र गुणस्तरिय खानाका कारण पनि यो क्याफे तथा गजलबार सञ्चालनमा आएको छोटो समयमै लोकप्रिय हुँदै गएको छ । यस क्याफे तथा गजलबारलाई रुल्ज गुरुङ, सविता लिम्बू र नविना तामाङले तीन महिनाअघि सञ्चालनमा ल्याएका हुन् । सञ्चालक रुल्जका अनुसार साया हेल्लो क्याफे गजलबारले दिउँसो क्याफेको सुविधा दिन्छ भने राति गजल तथा सागीतिक पारखीहरुलाई संगीतको मिठाससँगै सेवा प्रदान गर्दछ ।

Comments