सम्पादन हुँदै ‘एकलब्य’
screennepal
प्रकाशित: २०७४, १५ कार्तिक बुधबार
no img

काठमाडौं, १५ कात्तिक । चलचित्र ‘एकलब्य’ को छायांकन पूरा भएको छ । अवि फिल्मस् प्रोडक्शनको प्रस्तुति रहेको यस चलचित्र सामाजिक उत्पीडन र त्यसले समाजमा पार्ने असरलाई उजागर गरिएको बताइएको छ ।
हाल सम्पादनमा रहेको यस चलचित्रलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । सामाजिक बिषयवस्तु समेटिएको चलचित्र ‘एकलब्य’मा सोनम थापा, पुष्कर राउत, महिमा सिल्वाल, ओशिन भट्टराई, शुशिल पोख्रेल, उमेश खडका, सुष्मा कार्की, रामचन्द्र अधिकारी, उग्रसेन ढुङ्गाना, राजेन्द्र दुलाल, सीपी पौडेल, सुमन ढकाल, विराट ल्वागुन लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा अवि थापा निर्माता, राजेन्द्र दुलाल प्रस्तुतकर्ता, सङ्गीत राजेन्द्र बजगाईं र नृत्य कविराज गहतराजको रहेको छ ।

Comments