FASHION : यस्तो छ ‘जीवनशैली’को दर्जन फोटो
screennepal
प्रकाशित: २०७४, १८ आश्विन बुधबार
no img

काठमाडौं, १८ असोज । जमाना फेसनको छ । पछिल्लो समय हरेक तह र तप्काका मानिसहरु फेसन कन्सस हुन थालेका छन् । फेसनप्रतिको बढ्दो मोहलाई लक्षित गर्दै विभिन्न नाममा फेसन शोहरु पनि हुँदै आएको छ । यस्तै, नेपालीको महान चाड दशैंको मुखमा आरएनआर गु्रपले ‘जीवनशैली’ नामक एक फेसन शो गरेको थियो । पोखराको होटल बाराहीमा आयोजना गरिएको उक्त शोमा विभिन्न मोडलहरु स्टेजमा उत्रिएका थिए ।


अधिकांश व्यवसायिक मोडल सहभागी उक्त फेसन शोमा लेहेंगा, साडी, जिन्स आइटम, वानपिस र गाउनलगायतका विभिन्न ६ सिक्वेन्स प्रस्तुत गरिएको थियो ।


आरएनआरले पोखरामा पोखरामै पहिलोपटक गरेको शोमा पोखरास्थित आईएम द बुटिककी अर्चना अर्यालद्धारा डिजाइन गरिएको लेहेंगा र साडी, ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वानपिस र गाउन गरी दुई÷दुई सिक्वेसमा मोडल उतारेका थिए । शोेमा काठमाडौं र पोखराका १९ जना मोडेल सहभागी थिए । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन् ।

Comments