मिडियामा मिलन अमात्य ! वास्तविकता के हो त ? (मिलनकै शब्दमा पढौं/सुनौं)
screennepal
प्रकाशित: २०७४, ६ आश्विन शुक्रबार
no img

एमपी सुब्बा

काठमाडौं, ६ असोज । हलिउड र बलिउडमा कलाकार र गसिप ‘पर्यावाची’ मानिन्छ । तर, नेपाली समाजमा भने अझै ‘गसिप’ पाच्य हुन नसकेको अवस्था छ । त्यसैले मिडियामा आउने त्यस्ता गसिपले बेला–बेला कलाकारको नीजि जीवनमाथि नै असर परिरहेको तितो–यर्थात हामीसमक्ष थुप्रै छन् ।
प्रशंग चर्चित गायिका मिलन अमात्यको हो, जो केही दिनयता विभिन्न मिडियामा समाचार वा गसिप भनौं उनी छाइरहेकी छन् । आफ्नो विषयमा विभिन्न किसिमका गसिपहरु मिडियामा आइरहँदा जो–कसैलाई सह्य हुँदैन अर्थात पीडा हुन्छ । त्यस्तै, गायिका मिलनलाई नै भएको छ ।

केही साताअघि कसैसँग नाम जोडेर गसिप मिडियामा आउनु र यसैबेला पति मेन्सन अमात्यसँग सम्बन्धविच्छेद गर्नु मिलनका लागि ‘स्याल पनि कराउनु र कुखुरा हराउन’जस्तै संयोग बन्यो । त्यो संयोग गसिपकारका लागि ‘के खोज्छस् काँनो…’ भनेजस्तै भएको छ ।
तर, वास्तविकता के हो त ? यसबारे मिलनले स्पष्ट पारेकी छन् । स्क्रीन नेपालसँग कुरा गर्दै यी चर्चित गायिकाले भनिन्, ‘जति मिडियामा मेरोबारे समाचारहरु आइरहेका छन् । त्यो सबैमा सत्यता छैन ।’ उनले पति मेन्सनसँग सल्लाहले नै सम्बन्धविच्छेद गरेको बताउँदै भनिन्, ‘मेरो कसैसँग सम्बन्ध छैन । जसरी दीपक लिम्बू दाईसँग नाम जोडेर मिडियामा खबरहरु आइरहेका छन् । त्यसका कुनै सत्यता छैन ।’ उनले मेन्सनसँग अझैपनि साथित्वको नाता कायम रहेको बताउँदै भनिन्, ‘म पनि साधारण मान्छे हुँ । मेरो पनि नीजि जीवन छ । त्यसैले वास्तविकता नबुझी समाचार नलेख्न मिडियाकर्मीहरुलाई अनुरोध गर्दछु ।’
पुर्खौली संखुवासभा खाँदबारीकी मिलन असमकी गायिका भनेर चिनिन्छिन् । नेपाली पाश्र्वगायनकी खयी चर्चित गायिकाले नेपालीलगायत विभिन्न भाषामा गीत गाउने गरेकी छन् । आगामी दिनमा आफ्नो सांगीतिक करिअरलाई निरन्तरता दिने बताउँदै मिलनले भनिन्, ‘बजारमा फैलिएको नकरात्मक हल्लालाई लिएर मलाई नराम्रो नसम्झिनुहोला । म सधैं यहाँहरु समक्ष हुनेछु, छु ।’ उनले आफ्ना शुभचिन्तक तथा प्रशंसकलाई नेपालीको महान चार्ड दशैंको शुभकामना पनि दिएकी छन् । ‘दशैंको सबैलाई शुभकामना छ मेरो तर्फबाट’ मिलनले भनिन्, ‘म पनि यसपटक दशै मनाउन असम जाँदैछु ।’
अरु के भनिन् त मिलनले ? तलको भिडियो लिंक क्लिक गर्नुहोला ।

[image_slider]
[image_items link=”LINK_IMAGE” source=”IMAGE_SOURCE”] Description [/image_items]
[image_items link=”LINK_IMAGE” source=”IMAGE_SOURCE”] Description [/image_items]
[image_items link=”LINK_IMAGE” source=”IMAGE_SOURCE”] Description [/image_items]
[/image_slider]

 

Comments