शंकरले ल्याए ‘इन्टिमेट’
screennepal
प्रकाशित: २०७४, ११ श्रावण बुधबार
no img

काठमाडौं, ११ साउन । गायक डेभिड शंकरले आफ्नो जन्मदिनमा ‘इन्टिमेट’ लिएर आएका छन् । राजधानीमा एक कार्यक्रमबीच उनको दोस्रो एल्बम ‘इन्टिमेट’ सार्वजनिक गरिएको हो ।
बरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा चुडामणि देवकोटा, सङ्गीतकार राजु सिंह, महेश खड्का, विकास चौधरी, लोक गायक तुलसी पराजुली, शंकर अधिकार ‘घायल’ पत्रकार डब्बु क्षेत्री, डेभिडका बुबा भवानी शंकरलगायतले एल्वम विमोचन गरेका थिए ।
‘इन्टिमेट’मा ‘म तिम्रो यादमा रुन पनि नसक्ने’ ‘तिमीले सुनेऊ र’, ‘आज आफ्नै जिन्दगीमा’, ‘आइकम बिकम’, ‘छम् पाउजुको तालैमा’ जस्ता पाँच गीत छन् । एल्वममा रहेका गीतमा डम्बर नेपाली, फराज अर्पण, बिकास चौधरी, शंकर अधिकारी ‘घायल’ पुरन थापा र डेभिड आफैँको शब्द, संगीत छ । सुगमसंगीतमा आफूलाई अब्बल बनाउँदै लगेका डेभिड पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् ।

Comments