‘माइतिको आँगनीमा…’ मा सारिका (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ३० असार शुक्रबार
no img

काठमाडौं, ३० असार । गायिका जुनु गौतमले ‘माइतिको आँगनमा…’ लिएर आएकी छन् । गीतको भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै गायिका जुनु गौतमको अभिनय रहेको यस गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । शिव ढकालको छायाँकन, तारा थापाको सम्पादन रहेको भिडियोलाई विनोद विष्टले निर्देशन गरेका छन ।
गोविन्दप्रसाद उपाध्यायको शब्द सृजना रहेको छ भने अनिश श्रेष्ठको सङ्गीत रहेको छ । गायिका गौतमको केहि समय अघि ‘अर्को जन्म होला नहोला’ गीति एल्वम सार्वजनिक भएको थियो ।
थुप्रै चलचित्रबाट दर्शकको मन जितेकी नायिका पछिल्लो समयमा म्युजिक भिडियोमा पनि ब्यस्त रहेकी छन् । तीज गीत भने उनको पहिलो हो । ‘मेरो तीज गीत पहिलो हो, हामी सबैले निक्कै मिहिनेत गरेका छौ, एउटा राम्रो तीज गीत बनेको छ, यसले दर्शक–स्रोताको साथ पाउनेमा आशावादी छौ’, सारिकाले भनिन् ।

https://www.youtube.com/watch?v=YSmoDh3F7zQ

Comments