Exclusive : दुई प्लेट मम खाँदै रेखाले भनिन्, ‘चटपट्टे हो तारेभीर’
screennepal
प्रकाशित: २०७४, २७ जेष्ठ शनिबार
no img

काठमाडौं, २७ जेठ । अभिनेत्री तथा मोडल रेखा फागोलाई हिजोआज भ्याईनभ्याई छ । उनलाई खाना खानलाई समेत फुर्सद छैन । आफू अभिनीत चलचित्र ‘तारेभीर’ रिलिजको दिन नजिकिँदै तिव्र प्रचारमा जुटेकी रेखालाई विभिन्न मिडियामा अन्तरवार्ता दिनलाई चटारो छ । ‘केही दिनयता मलाई खाना खानलाई समेत फुर्स छैन’ स्क्रीन नेपालले चलचित्र तारेभीरबारे कुुरा गर्न अनामनगरस्थित एक रेष्टुरेण्टमा रेखालाई भेट्दा भनिन्, ‘आज पनि बल्ल खाजा खाने समय मिलेको छ । साहै्र भोका लागेर मैले दुई प्लेट मम खाएँ ।’ रेखा अभिनीत चलचित्र ‘तारेभीर’ यही आउँदा २ असारमा एकसाथ देशभर रिलिज हुँदैछ ।
यसैबेला उनी चलचित्रका निर्देशक तथा कलाकार प्रेम सुब्बा, निर्माता देउकृष्ण देवान र नायकसँग प्रचारमा हिडेकी छन् । ‘तारेभीर’ रेखाको डेब्यु चलचित्र हो । यस चलचित्रमार्फत रेखा आशावादी पनि छिन् ।

rekha
चलचित्रमा रेखा ‘कलेज गइङ गर्ल’ को भूमिकामा देखिँदैछिन् । चलचित्रमा आफ्नो भूमिकाबारे केही नयाँ रहस्य खोल्दै रेखाले स्क्रीन नेपालसँग भनिन्, ‘तारेभीरमा एक्शन र इनोसेन्ट दुवै भूमिकामा दर्शकले पाउनेछन् ।’ चलचित्रमा उनी प्रकृति नामकी युवतीको भूमिका गरेकी छन् । जो अन्याय र अत्याचार सहन सक्दिनन् । कलेज तथा स्कुलमा हुने युवतीप्रतिको अन्याय तथा बलात्कार जस्ता जगन्य अपराधको विरुद्ध धावा बोल्छिन् प्रकृति । त्यसैले चलचित्र ‘तारेभीर’ मा रेखाले एक्शन र इनोसेन्ट दुवै भूमिका निर्वाह गर्नु परेको छ । यो कुरा रेखाले पहिलोपटक स्क्रीन नेपाललाई बताएकी हुन् ।
रेखाले चलचित्रबारे थप रहस्य समेत खोलेकी छन् । उनले ‘तारेभीर’ लाई चटपट्टेसँग दाँजेकी छन् । रेखाले भनिन्, ‘चटपट्टेमा जसरी धेरै कुरा मिसाएको हुन्छ, त्यस्तै तारेभीरमा पनि छ ।’ तारेभीर हेर्दा चटपट्टे खाएजस्तो स्वादिलो हुने बताउँदै रेखाले भनिन्, ‘तारेभीर हेर्दा दर्शकको पैसा खेर जाँदैन । बरु दर्शक कथामा डुबेर रुँदै हलबाट बाहिरिनेछन् ।’ उनले आफ्नो चलचित्र हेरेर धुरुधुरु रुवाएको समेत बताए । ‘म त रुए नि’ रेखाले भनिन्, ‘अभिनय गर्दा त्यस्तो लागेको थिएन तर पर्दामा हेर्दा म आफै कथामा डुबे ।’

https://www.youtube.com/watch?v=YPMl6zJ15kQ

‘तारेभीर’मा रेखाले दिएको एक्शनको हिजोआज बजारमा चर्चा चलिरहेको छ । यसैबेला उनले आफ्नो एक्शन भूमिकाबारे भनिन्, ‘यसका लागि मैले एक वर्ष तेइक्वाइण्डो प्रशिक्षण लिएकी हुँ ।’ उनले आफूले चलचित्रमा जस्तै रियलमा पनि एक्शन गर्न सक्ने बताइन् । हुन त सुटिङ ताका एक्शन दृश्य दिँदा रेखा दुई घण्टा बेहोस भएकी थिइन् । उनले भनिन्, ‘रियालिटी र एकैटेकमा दृश्य ओके हुनेगरी फाइट गर्दा किक लागेर ढलेकी थिएँ । म बेहोस भएर ढलेपछि दुई घण्टा सुटिङ नै रोकिएको थियो ।’
‘तारेभीर’ को प्रचारमा रहेकी रेखालाई हिजोआज अरु चलचित्रबाट समेत अफरहरु आउन थालेको छ । तर, उनले भने आफूलाई फिट हुने चलचित्रमा मात्र अभिनय गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘केही चलचित्रममा अफरहरु आएको छ । हेरौ, पहिलो तारेभीर त रिलिज होस् ।’ उनले नेपालीले नेपाली चलचित्रको माया गर्नु पर्ने बताउँदै एकपटक तारेभीर हेर्न समेत अनुरोध गरेकी छन् ।
नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यस चलचित्रमा रेखाका अलावा विष्णु चेम्जोङ, नविन कार्की, रमेश सिंह, प्रेम सुब्बा, देउकृष्ण देवन, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको अभिनय छ ।
चलचित्रमा रामप्रसाद चौधरीको सम्पादन, गोविन्द राई र दिनेश मांगमुको नृत्य, प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शर्माको संगीत, जनक गुरुङको एक्सन, प्रेम सुब्बा र कृष्ण आचार्यको पटकथा तथा संवाद र युवराज राईको छायांकन रहेको छ ।

Comments