भोलाको निर्देशनमा यस्तो बन्यो ‘दक्षिणकाली माई’ (भिडियोसहित
screennepal
प्रकाशित: २०७४, ४ जेष्ठ बिहीबार
no img

काठमाडौं, ४ जेठ । गायक बुद्ध ब. खत्रीको लोकदोहारी गीतको भिडियो सार्वजनिक भएको छ । ‘दक्षिणकाली माई’ बोलको उक्त गीतको भिडियोलाई रंगबर्मी भोला अधिकारीले निर्देशन गरेका हुन् ।
गीतमा बुद्धका अलावा विरु लामा, अनिता खत्री र मनिषा कोईरालाको आवाज छ । लय बुद्धको रहेको यस भिडियोमा बर्षा कार्की, देव तामाङ, प्रदीप खड्गी र भोला अधिकारीको अभिनय रहेको छ । यस गीतलाई काठमाडौ आसपासमा छायाँङकन गरिएको हो । सागर गौतमले छायाँङन गरेको यस भिडियोलाई पुर्वेली जुनतारा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो ।

Comments