कामनाले ल्यायो सांगीतिक विशेषांक
screennepal
प्रकाशित: २०७४, २५ बैशाख सोमबार
no img

काठमाडौं, २५ बैशाख । सिने मासिक पत्रिका कामनाले नेपाली संगीतको इतिहासमै पहिलोपटक नेपाली गीत संगीतका विविध पक्षलाई समेटेर संग्रहणीय विशेषांक प्रकाशन गरेको छ ।
३ सय ४२ पूराना तथा नयाँ लोकप्रिय तथा सदाबहार गीतहरुको कोर्डहरु समेत समेटिएको यो विशेषांक कामना न्यूज पब्लिकेसन्सले आइतबार बजारमा ल्याएको हो । कामनाले ३३ वर्षको ऐतिहासिक यात्रामा पहिलोपटक भर्जिनको सहकार्यमा गीत लहर नाममा पहिलो संस्करणस्वरुप संगीत विशेष अंक बजारमा ल्याएको हो।

नेपाली गीत संगीतको प्रवद्र्धन र विकास एवं यस क्षेत्रका अमर श्रष्टाको सम्मान तथा नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्येश्यले प्रकाशन गरिएको यो विशेषांकमा नेपाली गीत संगीतको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने अमर साधकदेखि ख्यातिप्राप्त गायक, गायिका, गीतकार र संगीतकारहरुको सिंगो जीवनी प्रकाशित गरिएको छ।
२ शय  ५० रुपियाँ मूल्य रहेको कामना भर्जिन गीत लहरको पहिलो संस्करणमा संगीतकार दीपक जंगम, गायक दीप श्रेष्ठ, योगेश बैद्य, प्रेमध्वज प्रधान, ओमविक्रम विष्ट, मुक्ति शाक्य, गायिका मीरा राणा र गीतकार यादव खरेलको सांगितीक जीवनीका साथमा रोचक किस्साहरु तथा प्रेरणादायी एवं मर्मस्पर्शी घटनाहरु समेटिएका छन् । विशेषांक १९६ पृष्ठको रहेको छ ।

Comments