‘सेक्स वर्कर’ लेख्दा १५ करोड जरिवाना !
screennepal
प्रकाशित: २०७४, १ बैशाख शुक्रबार
no img

एजेन्सी, १ बैशाख । ‘सेक्स वर्कर’ लेख्दा एक मिडियाले १५ करोड तिर्नुपर्ने भएको छ । समाचारमा जनाइएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई ‘सेक्स वर्कर’ भन्ने बेलायती पत्रिका डेली मेलले १५ करोड डलर जरिवाना लगाइएको छ ।
पत्रिकामा मेलानियाको मोडलिङ करिअरका बारेमा लेख छापिएको थियो । सो लेखमा ‘मेलानिया कुनैबेला सेक्स वर्करजस्तै बनेर काम गर्थिन्’ भनेर लेखिएको थियो । पछि यो कुरा लेखबाट हटाइएको थियो । यो लेख गत साल अमेरिकामा राष्ट्रपतिको चुनावी अभियान चलिरहेका बेला छापिएको थियो ।
मेलानियाले मेलमा छापिएको लेखमा आपत्ति जनाउँदै गत फेब्रुअरीमा मुद्धा हालेकी थिइन् । लण्डन उच्च अदालतले मेललाई १५ करोड डलर जरिवाना तिराउने फैसला गरेको थियो । मेलानियाले अदालतको आदेशअनुसार सो पत्रिकालाई माफी गरिदिएकी छन् ।

Comments