‘दुःखका दिन गए आमा’ सार्बजनिक
screennepal
प्रकाशित: २०७२, ५ आश्विन मंगलवार
no img

काठमाण्डौं, असोज ५ । संबिधान घोषणा गरेको ऐतिहासिक दिन पारेर आइतबार ‘दुःखका दिन गए आमा’ म्यूजिक भिडियो सार्बजनिक गरेका छन् ।
सुप्रसिद्ध गायक प्रबेशमान शाक्यले गाउनुभएको यस गीत गीतकार बिक्रान्त पाण्डेले लेखेका हुन् । यस गीतमा देशको अबस्थाबाट दुःखीत आमालाई छोराले सम्झाउँदै सुनौलो दिन आउने कुराको भाव पाइन्छ ।

साँढे ६ दशकको पर्खाइ र हजारौं सपुतहरुको बलिदानबाट आज संबिधान आएको र राष्ट्रपतीले संबिधान सभा भबनमा संबिधान घोषणा गरेकै समयमा यूट्यूब मार्फत म्यूजिक भिडियो रिलिज गर्ने अबसर मिलेको कुरा भिडियोका निर्देशक आदर्श प्रधानले बताए ।


यस गीतले पक्कै पनि नकरात्मक मनोदशाबाट आक्रन्त भएका नेपालीहरुलाई सकरात्मक सन्देश मिल्ने गीतकार बिक्रान्त पाण्डेले बताए ।

Comments