गायत्रीलाई ‘मायाले गुल्मी लाने हो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, ५ फाल्गुन मंगलवार
no img

gaytriकाठमाडौं । कुनै समय गायत्री थापा गीतकारका रुपमा मात्र चिनिन्थिन् । र, ‘मायाले साहै्र घाइते पा-यो’ गीतमार्फत उनी गायिका पनि बनिन् । यसरी गीतकार हुँदै गायिका बनेकी गायत्री अब म्युजिक भिडियो निर्देशक पनि बनेकी छन् । गायत्रीले आफ्नो पछिल्लो ‘गूल्मी लाने हो’ बोल गीतको म्युजिक भिडियो आफैले निर्देशन गरेकी छन् । गुल्मीकी यी गायिकाले आफ्नै गाउँठाउँलाई चिनाउने उद्देश्यले गीत तयार गरेकी छन् । उनले गीतमा गुल्मीको धार्मिक तथा पर्यटकीय स्थलहरुलाई उनेकी छन् । ‘गुराँस फुल्दा रेसुङ्गा वनभरि माया फुल्छ त्यहिबेला मनभरी गुल्मी लाने हो, बटौलीकी मायाँलाई गुल्मी लाने हो, रुरु र रेसुङ्गा घुम्न जाने हो ।’ यो गीतको म्युजिक भिडियोको छायांकन गुल्मीमै गरिएको छ । म्युजिक भिडियोमा रेसुङ्गा, रुरु, चारपाला दरबार, धुरकोटको गुफालगायत गुल्मीका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थानहरु देख्न सकिन्छ ।

गायत्रीलाई स्वरमा मेक्सन खातीले स्वरमा साथ दिएका छन् । नेत्र अर्यालको शब्द÷लय रहेको यस गीतको म्युजिक भिडियोमा लोकगायिका शोभा त्रिपाठीले मोडलिङ गरेकी छन् । थुपै्र गीत लेखन तथा स्वर दिइसकेकी गायत्रीले ‘गुल्मी जाने हो’ गीत आफ्नो जन्मथलो चिनाउने उद्देश्यले निर्माण गरेको बताइन् ।

https://www.youtube.com/watch?v=-VOqKPMhY6k&list=UUNhcdm9_uShtbKLRZsJKE2A

Comments