को रै’छन्, स्तनमा सिलिकन राख्ने नेपाली हिरोइन !
screennepal
प्रकाशित: २०७१, १९ पुष शनिबार
no img

सुन्दर अनुहार, राम्रो जीउडाल र राम्रै अभिनय क्षमता भएकी नवोदित हिरोइन। उनले काम पाएकै थिइन्। दाम पनि कमाइरहेकी थिइन्। तर, उनले एउटा शारीरिक कमी महसुस गरेकी रहिछिन्। उनलाई आफ्नो स्तनको आकार सानो भएकोमा नमज्जा लागेको रहेछ।

f09627818d0ed9d485d8c4ab83333432_L‘स्तनचाहिँ ज्यान अनुसार नभएको’ भन्ने साथीहरूको प्रतिक्रियाले उनी खिन्न भइरहेकी थिइन्। कला क्षेत्रमा उक्लिँदै गरेकी उनलाई वक्षको साइजकै कारण किन तल पर्ने भन्ने लाग्यो। र, उनले ‘ब्रेस्ट इम्प्लान्ट’ गर्ने योजना बनाइन्। स्तन इम्प्लान्ट गरेको केही दिनपछि उनले शुक्रवार संवाददातालाई ‘म समस्यामा परेँ’ भन्दै फोन गरिन्। आफ्नो सुन्दरतालाई निखार दिन उनले स्तनभित्र सिलिकन राखेकी रहिछन्। तर, त्यो राख्ने क्रममा भएको गडबडीले समस्या आएको रहेछ। तुरुन्तै कस्मेटिक सर्जन डा. जसवन शाक्यसँग उनलाई भेटाइयो। ती अभिनेत्री समयमै डाक्टरको सम्पर्कमा आएकाले जटिल समस्या आउनबाट त जोगिइन्।

तर, स्तन ठूलो बनाउने उनको सपना मात्रै चकनाचुर भएन, चार लाख रुपैयाँ पनि खेर गयो। थुप्रै हलिउड, बलिउड अभिनेत्रीले ब्रेस्ट इम्प्लान्ट गरेर शरीरको स्वरूप सुन्दर र सेक्सी बनाएको समाचार पढेकी थिइन् उनले। उनी पनि त्यसै गर्न लालायित भइन्। ब्रेस्ट इम्प्लान्ट गर्ने राम्रो ठाउँबारे सोधखोज गर्न थालिन्। इन्टरनेटमा ‘गेट द्याट पर्फेक्ट सेप विद ब्रेस्ट सर्जरी’ नारा लेखिएको डा. शोभाको पेजमा पुगिन्। ‘गोपनीयता पनि कायम रहने र नजिक पनि हुने भएकाले नयाँ दिल्ली पुगेर ब्रेस्ट इम्पलान्ट गरेर आएकी थिएँ,’ उनले भनिन्। उनको स्तनको आकार वृद्धिसँगै झन् सुन्दर देखिने सपना विपनामा परिणत नहुँदै तुहिन पुग्यो।

‘सिलिकन राख्न स्तनमुनि बनाइएको घाउबाट सिलिकन देखिन थालेपछि सुरुमा यस्तै होला भनेर वास्ता गरिनँ,’ उनले भनिन्, ‘निको नहुने संकेत देखेपछि आत्तिएँ। यो कुरा इम्प्लान्ट गर्ने डाक्टरलाई भनेपछि उनले तुरुन्तै नजिक रहेका कस्मेटिक सर्जनलाई भेट्न भने।’ हाल निको भएर काममा फर्किसकेकी उनी यसका कारण भविष्यमा कुनै समस्या देखिन्छ कि भनेर त्रसित छिन्। पहिलेभन्दा स्तन थप झोल्लिँदा कतै अब यस्तै रहने हो कि भन्ने त्रास पनि छ। तर, डा. शाक्य भन्छन्, ‘सिलिकन निकालेर फालेको केही समयमै स्तन पुरानै आकारमा आउँछ।’ उपचारपश्चात शुक्रवारकर्मीको सम्पर्कमा आएकी उनी मानसिक तनावमा रहेको उनको बोली र व्यवहारबाट प्रस्टै देखिन्थ्यो। 

शुक्रवार साप्ताहिकले छापेको कभर स्टोरीको अंश

Comments