किंगफिसर क्यालेन्डरमा नेपाली मोडल आस्था
screennepal
प्रकाशित: २०७१, ९ पुष बुधबार
no img

astha3 copyनेपाली र्‍याम्प मोडल आस्था पोखरेल किंगफिसर क्यालेन्डरको आवरणमा देखिन भएकी छन्। भारतीय एनिडटिभी गुड टाइम्सको कार्यक्रम …किगंफिसर सुपरमोडल २’ सिरिजकी विजेता हुँदै उनी क्यालेन्डरमा देखिन लागेकी हुन्।
६ हप्ता चलेको सुपरमोडलको सिरिजमा उनले नौ देशीविदेशी मोडलहरुलाई उछिनेकी थिइन्। …किगंफिसर सुपरमोडल २’को विजेता हुँदै उनले किगंफिसरले निकाल्न लागेको २०१५ को क्यालेन्डरमा सहभागी हुने अवसर पाएकी हुन्। क्यालेन्डर गर्ल छनोटका लागि विभिन्न मोडलहरुले सुपरमोडल प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।
बलिउड अभिनेत्री नेहा धुपियाले मोडलहरुलाई प्रशिक्षण दिएकी थिइन्। चार वर्षअघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल पोखरेलले यसअघि एसिया नेक्ट मोडल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
‘यस शोमा समेटिएका अनुभवहरु सम्झनाको रुपमा रहनेछ। मेरो लागि किंगफिसर सुपरमोडल भएर क्यालेन्डरको एक हिस्सा हुन पाउनु सपना पूरा भएजस्तो हो,’ प्रतियोगितापछि प्रतिक्रिया दिँदै उनले भनिन्।
सन् २००३ देखि सुरु भएको किंगफिसर क्यालेन्डरमा क्याटि्रना कैफ, याना गुप्ता, पुनम पाण्डे, दीपिका पादुकोण, नरगिस फाकरी र उज्ज्वला रावत लगायत अभिनेत्रीहरु सहभागि भइसकेका थिए। मोडल पोखरेल यसवर्षको मिस नेपाल प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्। प्रतियोगितामा उनी …उत्कृष्ट पाँच’भित्र परे पनि उपाधिविहीन बनेकी थिइन्।

नागरिकबाट

Comments