कानुनी झन्झटमा रजनीकान्तको फिल्म
screennepal
प्रकाशित: २०७१, २७ कार्तिक बिहीबार
no img

मुम्बई । बलिउड हस्ती रजनीकान्तको फिल्म ‘लिंगा’ कानूनी फन्दामा फस्न पुगेका छन् । यस फिल्मविरुद्ध बुधबार मद्रासको उच्च अदालतमा मुद्दा परेको छ, जसमा फिल्मका निर्माता र निर्देशकले एक तमिल फिल्मको कथा चोरेको आरोप लगाइएको छ । मुद्दामा फिल्म रिलिज रोक्न माग गरिएको छ । फिल्मविरुद्ध के.आर. रवि रथीनमले मुद्दा हालेका हुन् । उनले निर्माता र निर्देशकले तमिल फिल्म ‘मुल्लई वनम ९९९’ को कथा चोरेको आरोप लगाएका छन् । के.आर उक्त तमिल फिल्मको निर्माता हुन् । उनले उक्त मामलामा जाँचका लागि समिति गठन गर्नु पर्ने मागसमेत गरेका छन् ।

lingaaअदालतका न्यायधिश एम. वेणुगोपालले फिल्मविरुद्ध मुद्दा दायर भएको स्वीकारेका छन् । उनले मुद्दा दायर भएको स्वीकार्दै सूचना एवं प्रसारण मन्त्रालयको सचिवसहितलाई नोटिस जारी गर्न आदेश दिइसकेको बताएका छन् । उनका अनुसार २४ फ्रेबु्रअरीमा उनको फिल्म ‘मुल्लई वनम ९९९’ को पुजा भएको थियो । फिल्म ‘लिंगा’ मा निर्माता र निर्देशकले यु–ट्यूबबाट फिल्मको स्टोरीलाइन चोरेको आरो निवेदनकर्ताले आरोप लगाएका छन् । फिल्म ‘मुल्लई वनम ९९९’ तमिल क्यालेन्डरअनुसार नयाँ वर्षमा रिलिज हुनेवाला थियो । जबकि, ‘लिंगा’ १२ डिसेम्बरमा रिलिज हुँदैछ । एजेन्सीबाट

Comments