राजेशको मनको दैलोमा नायिका केकी (टेलरसहित)
screennepal
प्रकाशित: २०७१, ५ कार्तिक बुधबार
no img

काठमाडौं । नायिका केकी अधिकारीले गीतकार राजेश थापा ‘मनको कम्मर मर्काएकी छन् । एल्बम ‘मनको दैलो’ मार्फत गीतकारका रुपमा देखिएका राजेशले म्युजिक भिडियोमा समेत केकीसँगै नाचेका छन् । सबिज मिडियाले बजार ब्यबस्थापन गरेको गीतकार थापाको ‘मनको दैलो’ लाई गायक राजेशपायल राई र गायिका प्रबिशा अधिकारीको आवाजले सजिएको छ । उक्त म्युजिक भिडियो केही दिनमै रिलिज हुने सबिज मिडियाले जनाएको छ ।

keki
हाल प्रोमो मात्र रिलिज गरिएको भिडियोमा लामो समयदेखि छुटिएका जोडीको चाडैं भेट्न चाहेको कौतुहलतालाई चित्रण गरिएको छ । भिडियोमा अभिनय गरेका गीतकार थापाले नायिका केकीलाई आफू चाडै आउने र मनको मनको दैलो पोतेर राख्न अनुरोध गरेका छन् । यस म्युजिक भिडियोलाई शैलेन्द्र खोकालीले निर्देशन् गरेका हुन ।

http://www.youtube.com/watch?v=-B7JLEK4ohQ

Comments