हेर्नुहोस् फिल्म ‘आभाष’को गीत
screennepal
प्रकाशित: २०७१, ३१ भाद्र मंगलवार
no img

फिल्म ‘आभाष’ले गीत सार्वजनिक गरेको छ । सोमबार बागबजारस्थित सिटिम्याक्समा फिल्मको गीत रिलिज गरिएको हो । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यसअघि उनले थुप्रै फिल्ममा सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
पौडेलले सम्पादनको अनुभवलाई निर्देशनमा खन्याएको बताए । ‘धेरै वर्षदेखि सम्पादनको काम गरिरहेको छु । फिल्ममा निश्चय नै यो अनुभव देख्न सक्नुहुनेछ । फिल्मले युवायुवतीको जीवनशैली समेट्ने प्रयास गरेको छ,’ पौडेलले भने ।
फिल्ममा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारी, रविन्द्र खड्का आदि कलाकारको अभिनय रहेको छ । टिभी फिल्मीकी भिजे आश्माले यही फिल्मबाट अभिनय थालेकी हुन् । उनले सुटिङ अनुभव सुनाउँदै गीतको सुटिङको बेला रमाइलो लागेको स्मरण गरिन् । संयमले भने आश्माको अभिनयको प्रशंसा गर्दै सुरुमा नपत्याएको तर राम्रो गरेको धारणा राखे ।
‘आश्माले राम्रो गर्छ भन्ने पत्याएको थिएन तर एकदमै राम्रो काम ग¥या छ,’ संयमले भने ।
सोमबार सार्वजनिक गीतमा छेतन गुरुङको शब्द संगीत, कमल खत्री र शशि रावलको स्वर रहेको छ । फिल्मलाई गोविन्द शाही, दीपक शाही र पवन श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्म पुस २५ मा रिलिज हुँदैछ ।
https://www.youtube.com/watch?v=OeRpvdZrsvQ&sns=fb

Comments