कलेक्शनमा ‘जुनतारा’ (भिडियो गाउँकी गोरी)
screennepal
प्रकाशित: २०७१, २३ भाद्र सोमबार
no img

juntaraकाठमाडौं । ‘माया आरिसे’ एल्बमको शिर्ष गीतमार्फत सांगीतिक क्षेत्रमा चर्चामा आएकी गायिका मेनुका राईले ‘जुनतारा’ नामक कलेक्शन गीति एल्बम ल्याएकी छन् ।
आफ्नो दोस्रो एल्बम ‘१,२,३’ को प्रमोसनकै क्रममा मेनुकाले यो कलेक्शन ल्याएकी हुन् । मेनुकाको ‘१,२,३’ एल्बमको ‘गाउँकी गोरी’ गीत अहिले चर्चामा छ । यसैबेला ‘जुनतारा’ कलेश्न एल्बम ल्याएकी मेनुकाले भनिन्, ‘१,२,३ एल्बमकै प्रमोसनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जुनतारा ल्याएकी हुँ ।’
एल्बममा मेनुकालगायत विभिन्न गायक÷गायिकाको गीत रहेको छ । जुनतारा सांस्कृतिक सेवा समाजले प्रस्तुत गरेको एल्बममा जम्मा आठ वटा गीत छन् । जुनतारा सांस्कृतिक सेवा समाजको कोषाध्यक्ष भएका नाताले एल्बम प्रस्तुत गरेको मेनुकाले बताइन् ।
एल्बममा  मुटुमा बस्ने, दशैं–तिहार, माया गर्छु, यसरी नै, जुन टाढा टाढा, रुँदै छौकि, कान्छी मुसुक्कै र मेरो जीन्दगी तिमी बोलका गीत संगृहीतथ छन् । ती गीतमा मेनुकालगायत पार्वती राई, सुसन साम्सोहाङ, दीपा लामा, अशोकप्यासी राई, ममता राई र प्रियजन राईको स्वर सुन्न सकिन्छ ।

Comments