सिभिल इन्जिनीयरको कथामा हुँदैछ ‘होस्टेल रिटन्र्ज’
screennepal
प्रकाशित: २०७१, २२ भाद्र आईतवार
no img

काठमाडौं । ‘सायद’ र ‘होस्टेल’जस्ता फिल्मको निर्माण गरेको दुर्गिश फिल्म्सले ‘होस्टेल रिटन्र्ज’ निर्माणको घोषणा गरेको छ । पहिलो ‘होस्टेल’ जस्तै टीनएज ड्रामा जन्रामा बन्ने फिल्मले यसपल्ट सिभिल इन्जिनीयरका बिद्यार्थीको कथा भन्नेछ । अघिल्लोपल्ट एमबिबिएसका बिद्यार्थीको कथा थियो ।

hostel-in2
फिल्मको छायांकन असोज २१ देखि सुरु हुने निर्माता सुनिल रावलले स्क्रिन नेपालसँग बताएका छन् । फिल्मलाई सुरजले निर्देशन गर्दैछन् । यसअघि म्युट ड्रामा ‘मौन’बाट चर्चा बटुलेका भूषालले सन्तोष लम्सालसग मिलेर पटकथा लेखेका हुन् ।
बुटवलमा सुट गरिने फिल्मका सबै कलाकार फाइनल छन् । सुशिल श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठले फिल्ममा अभिनय गर्ने भएका छन् । ‘होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने सिनेमामा अघिल्लो फिल्मको कथा कहीँ दोहोरिने छैन, यो सिक्ेवल नभइ रिटन्र्ज हो,’ स्क्रिन नेपालसँग सुनिल रावलले प्रष्ट्याए । स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ । चन्द्र पन्तको एक्सन हुने फिल्मको अहिले कार्यशाला भैरहेको छ ।10656220_829762823724553_1482240100_n

दुर्गिश फिल्मसले यसअघि निर्माणको घोषणा गरेको ‘लभ नम्बर’ मौसमका कारण रोकिएको बताइएको छ ।

Comments